काठमाडौँ । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडका संस्थापक सेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीका नाममा रहेको सेयरको ‘लक–इन’ अवधि समाप्त हुन लागेको छ । कुल ७२ लाख ९३ हजार ७८४ कित्ता सेयरको फागुन १६ गते ‘लक–इन’ अवधि सकिने कम्पनीले जानकारी गराएको छ ।
कम्पनीका अनुसार संस्थापक सेयरधनीको ५९ लाख ८३ हजार ३२०, स्थानीयको ११ लाख ७३ हजार २०० र संस्थाका कर्मचारीको नाम १३ लाख ७ हजार २६४ कित्ता सेयर रहेको छ । अब उक्त सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार गर्न पाइने छ ।
सर्वसाधारणमा सेयर बाँडफाँट गरेको मितिले ३ वर्षसम्म धिताेपत्रको दोस्रो बजारमा बिक्री गर्न नपाइने प्रावधान अनुसार अवधि पूरा भएपछि उक्त सेयरको कारोबार फुकुवा हुन लागेको हो ।
कम्पनीले इलाममा ९.६ मेगावाटको सुपरमाई 'ए' जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ ।