images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लगानी बोर्ड नेपालले स्थापानको १२ वर्षमा ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ गरी कुल ४२ आयोजनामा १२ खर्ब ५० अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको छ । बोर्डले आफ्नो स्थापनाको १२ औँ वार्षिक उत्सवका अवसरमा शुक्रबार आयोजना गरेको समारोहमा यस्तो जानकारी दिएको हो । 

स्वीकृति प्राप्त लगानी मध्ये विभिन्न परियोजनामा गरी कुल ५ खर्ब २५ अर्ब रुपैयाँ लगानी परिचालन भएको छ । यसबाहेक बाँकी लगानी प्रतिबद्धतामा सीमित भएको छ ।  

बोर्डका अनुसार यस अवधिमा प्रतिदिन ६ हजार टन उत्पादन क्षमता रहेको होङ्सी सिमेन्ट उद्योग र दैनिक ३ हजार टन उत्पादन क्षमताको हुवासिन सिमेन्ट परियोजना व्यवसायीक सञ्चालनमा आएका छन् । 

त्यस्तै, उर्जातर्फ धरानमा वेस्टु इनर्जी परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । 

९०० मेगावाटको अरुण–३ जलविद्युत् आयोजना, २१६ मेगावाटको माथिल्लो त्रिशुली जलविद्युत् आयोजना कार्यान्वयनको चरणमा पुगेका छन् । ९०० मेगावाको माथिल्लो कर्णाली र ६६९ मेगावातको तल्लो अरुण जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पिडिए) सम्पन्न भई  वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्ने क्रममा छन् । यद्यपी, माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापनमा विकासकर्ता कम्पनी जीएमआरले निकै वर्ष व्यतित गरिसकेको छ । 

त्यस्तै, ४५० मेगावाटको सेती नदी–६, ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना विकासका लािग भारतको एनएचपिसी लिमिटेडसँग समझदारी भएको छ । यी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) हुने क्रममा रहेको छ । 

यस अवधिमा बोर्डले अघि बढाएका ३२७ मेगावाटको अपर मर्स्याङ्दी–२ डिपिआर तयार भई सञ्चालन भइरहेको छ भने परियोजना विकास सम्झौताका लागि तयारी भइरहेको छ । 

बोर्डका अनुसार यस अवधिमा डाबर नेपालले उत्पादन वृद्धि तथा विविधीकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ पुनःलगानी गर्ने भएको छ । 

चीन–नेपाल मैत्री औद्योगिक पार्क परियोजनाका लागि पिडिए गर्न वार्ता समिति गठन गरिएको छ ।

बोर्ड अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा आयोजना गरिएको १२ औँ वार्षिकोत्सवका अवसरमा लगानीकर्ता, परियोजना विकासकर्ता, बोर्डका पिडिए वार्ता टोलीका सदस्यलगायतलाई सम्मान गरिएको थियो । त्यस्तै, बोर्डसँग सहकार्य गरिरहेको स्ट्यान्डर्ड चार्टर्ड बैँकलगायत निकायलाई समेत सम्मान गरिएको थियो । 

वार्षिकोत्सव समारोहमा बोर्ड सदस्यका रुपमा रहेका नेपाल सरकारका विभिन्न मन्त्रालयका मन्त्रीहरुको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit