विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘लोडसेडिङ भन्ने इतिहासमा अध्ययन गर्ने विषय बनिसकेको’ बताएको छ । पछिल्लो समय विभिन्न सञ्चारमाध्याम तथा सामाजिक सञ्जालमा पुनः लोडसेडिङ सुरु हुन लागेको भन्ने सन्देश प्रवाह भइरहँदा मन्त्रालयले यस्तो अभिव्यक्ति सार्वजनिक गरेको हो ।

मन्त्रालयले विज्ञप्ति जारी गरी भ्रामक सूचना तथा जानकारीको पछाडि लागेर सत्य कुरा तोडमोड गर्न वा मन्त्रीको मर्मको गलत व्याख्या नगर्न पनि सर्वसाधारण तथा सरोकारवालालाई आग्रह गरेको छ । तत्कालीन समयमा ऊर्जा संकट अन्त्य गर्न ९९ बुँदे कार्ययोजना बनाएर सुरु गरेको हुँदा त्यसैको परिणाम पछिल्ला वर्षमा देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– लोडसेडिङ भन्ने इतिहासमा अध्ययनको विषयमा रूपान्तरण भइसकेको छ । निकट भविष्यमा उत्पादित विद्युत् वितरण, उपभोग, निर्यातका लागि विद्यमान प्रसारण लाइनको अपर्याप्तताले ऊर्जा उपयोग नभई खेर जाने अवस्था सिर्जना हुन सक्ने देखिएको छ ।

तत्काल सरकारले आफ्नै स्रोत साधन वा वैदेशिक सहायतालाई राष्ट्रिय हित एवं स्वार्थ अनुरूप नेपालको ऊर्जा विकास, विस्तार एवं उपयोगतर्फ परिचालन गरी मुलुकको समृद्धिमा योगदान पुर्याउन आवश्यक कदम चाल्न जरुरी छ ।

विद्युत् वितरण प्रणालीलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउन भूमिगत वितरण प्रणालीलाई सहरी सौन्दर्य एवं एकीकृत भूमिगत लाइन निर्माण गर्न आवश्यक रहेको पनि मन्त्रालयले उल्लेख गरेको छ । यी काम गर्न प्राधिकरणलाई निरन्तर निर्देशन दिइएको हुँदा अनावश्यक र भ्रमपूर्ण सूचनामा विश्वास नगर्न विज्ञप्तिमा प्रस्ट पारिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit