विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जलविद्युत् आयोजनामार्फत गरिब र विपन्न वर्गलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।   

मन्त्री खड्काले सोमबार आयोजित ‘शुभकामना तथा चियापान’ कार्यक्रममा निम्न वर्गका स्थानीयलाई पनि जलविद्युत् आयोजनामा शेयर दिनेगरी मन्त्रालयले छलफल अघि बढाएको बताए ।

उनले कुनैपनि जलविद्युत् आयोजना बनाउँदै गर्दा प्रभावित क्षेत्रका नागरिकले १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्था रहेको तर पैसा नहुने वर्ग शेयर लगानी गर्नबाट वञ्चित हुने भएकाले उनीहरूले पनि १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्थाका लागि सरकारले काम गरिरहेको बताए ।

‘कुनै आयोजनाहरू विकास हुँदै गर्दा स्थानीयले १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्था रहेपनि हुनेले लगानी गर्ने र नहुनेले लगानी गर्न नसक्ने अवस्था रहकाले पैसा नहुनेले शेयर कसरी प्राप्त गर्छन् भन्नेबारे मन्त्रालयले छलफल गरिरहेको छ, तल्लो वर्ग समृद्ध नभई मुलुक समृद्ध हुन सक्दैन,’ उनले भने । 

‘नेपालको पानी, जनताको लगानी’ भन्ने अघिल्ला सरकारले गरेका निर्णयलाई फाउण्डेसनको रूपमा लिएको उनले बताए । मुलुकको विकासका लागि सकारात्मक कुरालाई समावेश गरेर जाने मन्त्री खड्काले उल्लेख गरे ।

उनले सरकारले अबको १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको बताए।

‘योमध्ये १३ हजार ५ सय मेगावाट विद्युत् नेपालमा नै खपत गर्ने र १५ हजार मेगावाट विद्युत् विदेशमा निर्यात गर्ने योजनाका साथ सरकारले काम गरिरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३