विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । धादिङ भएर बग्ने आँखु खोलामा ४ जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् । निजी क्षेत्रले पहिचान गरी अघि बढाएका यी आयोजनाबाट करिब १०६ मेगावाट विद्युत उत्पादन हुनेछ ।

विद्युत विकास विभागका अनुसार आँखु खोलामा पहिचान भएका आयोजनाहरुमा ४२.९ मेगावाटको आँखु खोला, ३८ मेगावाटको माथिल्लो आँखु, २५.४ मेगावाटको सुपर आँखु खोला र २० मेगावाटको आँखु खोला–२ जलविद्युत आयोजना रहेका छन् । यी मध्ये आँखु खोला, माथिल्लो आँखु र सुपर आँखु खोलाले उत्पादन अनुमति लिई आयोजना अघि बढाएको विभागले जनाएको छ ।

४२.९ मेगावाटको आँखु खोला आखु हाइड्रो पावर प्रालिले पहिचान गरी अघि बढाएको छ । यो आयोेजनाको अध्ययन पूरा गरी २०७३ माघ २७ गते कम्पनीले उत्पादन अुनमति पाएको विभागको वेपसाइटमा उल्लेख छ । यो आयोजना जिल्लाको  दार्खा, गुम्दी र झरलाङमा अघि बढाइएको छ ।

यही खोलामा गोरक्ष हाइड्रो पावर प्रालिले २५.४ मेगावाटको सुपर आँखु खोला अघि बढाएको छ । कम्पनीले २०७५ असोज २ गते उत्पादन अनुमति लिई आयोजनाको काम सुरु गरेको छ । यो आयोजना लापा र सिरतुङमा रहने गरी डिजाईन तयार पारिएको छ ।

आयोजनाको अहिले आयोजनास्थलसम्म पुग्ने पहुँचमार्ग निर्माण गर्ने काम भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहुँचमार्ग निर्माणकाे काम पूरा गरेर सामान ढुवानी गरेर सिभिल संरचनाको काम सुरु गरिनेछ ।

यस्तै, ३८ मेगावाटको माथिल्लो आँखु खोला धादीङ आँखु खोला हाइड्रो पावर कम्पनीले अघि बढाएको छ । कम्पनीले २०७६ पुस ७ गते उत्पादन अनुमति लिई रुवीभ्याली र खनियाबास गाउँपालिकामा अघि बढाएको छ ।

कम्पनीले निर्माण गरिरहेको आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ५ बैंकले साढे ५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । कूल ७ अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले गर्ने  ऋण लगानी ७५ प्रतिशत हो । २५ प्रतिशत स्वपुँजी लगानी छ । अबको ४ वर्षमा आयोजना सम्पन्न गरी विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य छ ।

निर्माणमा जानुअघि विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, वन तथा वातावरण मन्त्रालयलबाट गर्नु पर्ने कानुनी प्रक्रिया पूरा भइसकेको कम्पनीले जनाएको छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत नुवाकोटस्थित नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक पर्ने प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्नेछ ।

आयोजना सञ्चालनमा आएपछि वार्षिक २१९.१३८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदको उत्पादन ६६.७ गिगावाट घन्टा र बर्खाको उत्पादन १५२.४३८ गिगावाट घन्टा हुनेछ ।

यही खोलामा २० मेगावाटको आँखु खोला–२ को अध्ययन भइरहेको छ । यो आयोजना गणेश हिमाल हाइड्रो पावर प्रालिले अध्ययन गरीरहेको छ । कम्पनीले २०७३ कात्तिक २९ गते अध्ययन अनुमति लिई अध्ययन सुरु गरेको विभागले जनाएको छ । विभागका अनुसार अध्ययन अवधि आगामी कात्तिक २८ गते सकिदैछ ।

यो खोलामा ७ मेगावाटको आँखु खोला–१ ले भने विद्युत उत्पादन गरीरहेको छ । आँखु खोला जलविद्युत कम्पनीले निर्माण पूरा गरेको आयोजनाले २०७० भदौ ८ गतेदेखि नियमीत विद्युत उत्पादन गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit