विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ कार्तिक २, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । सरकारले पहिलोपटक निजी क्षेत्रलाई समेत अन्तरदेशीय विद्युत् व्यापारको पूर्वतयारीका लागि बाटो खुला गरिदिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको तयारीका लागि सैद्धान्तिक सहमतिस्वरूप आशयपत्र (एलओआई) जारी गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि विद्युत् उत्पादनमा मात्र सीमित रहँदै आएको निजी क्षेत्रका लागि यो निर्णयले बजार खोज्ने, स्वदेशी तथा विदेशी साझेदार पहिचान गर्ने र खरिद-बिक्री सम्झौता (पिपिए) को तयारी गर्नेसम्मको नयाँ व्यावसायिक अवसर सिर्जना गरिदिएको छ । सरकारले तोकेका आवश्यक सर्तहरू पूरा गर्ने कम्पनीले अब प्राप्त आशयपत्रका आधारमा प्राविधिक, वित्तीय तथा व्यावसायिक सम्भाव्यता अध्ययन गर्न पाउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बताए ।

यसअघि निजी क्षेत्रलाई विद्युत् आयोजना निर्माण र उत्पादनमा अनुमति दिइए पनि अन्तरदेशीय व्यापारमा प्रत्यक्ष सहभागिताको स्पष्ट कानुनी बाटो बनेको थिएन । मन्त्री श्रेष्ठको यस निर्णयलाई नेपालको ऊर्जा क्षेत्रको संरचनात्मक सुधार र निजी लगानीको दायरा फराकिलो बनाउने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

यद्यपि, आशयपत्र पाउँदैमा सोझै कारोबार गर्न भने पाइने छैन; औपचारिक व्यापार, प्रसारण क्षमता बुकिङ र खुला पहुँचको उपयोगका लागि प्रचलित कानुनबमोजिमका अन्तिम अनुमतिपत्र र प्राविधिक स्वीकृतिहरू अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ ।

निजी क्षेत्रलाई व्यापारको ढोका खोलिएसँगै सम्भावित दुरुपयोग रोक्न सरकारले कडा सर्तहरू पनि लागू गरेको छ । मन्त्रालयका अनुसार कम्पनीहरूले कालोसूचीमा नपरेको र पेस गरिएका विवरण सत्य भएको स्वघोषणा गर्नुपर्नेछ । आशयपत्रका आधारमा मात्रै अनुमतिपत्र पाउने कानुनी हक वा सरकारमाथि कुनै दायित्व सिर्जना हुने छैन ।

यसैगरी, आशयपत्र प्राप्त कम्पनीले प्रत्येक त्रैमासिक अवधि सकिएको १५ दिनभित्र मन्त्रालयमा प्रगति प्रतिवेदन पेस गर्नुपर्ने छ । सेयर संरचना परिवर्तन गर्दा पूर्वस्वीकृति लिनुपर्ने छ भने गलत विवरण पेस गरेमा वा सर्त उल्लङ्घन भएमा सरकारले आशयपत्र निलम्बन वा खारेज गर्न सक्नेछ ।

आशयपत्रको अधिकतम अवधि दुई वर्षको रहने र थप गर्नुपर्ने भए ३० दिन अगाडि नै प्रगति विवरण र कारणसहित मन्त्रालयमा निवेदन दिनुपर्ने उल्लेख छ । सरकारको यस कदमले विद्युत् क्षेत्रलाई उत्पादनमुखीबाट बजारमुखी बनाउन र थप वैदेशिक तथा निजी लगानी आकर्षित गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आशयपत्र पाउने निजी कम्पनीहरूको नामावली

क्र.सं. कम्पनी प्रवर्द्धक/समूह
१. ग्रिन इनर्जी पावर ट्रेडिङ बटु लामिछाने र गणेश कार्की (बिजी ग्रुप)
२. ट्रान्स एसियन पावर ट्रेडिङ कम्पनी कुनाल कयाल तथा समूह
३. नेपाल पावर ट्रेडिङ एन्ड म्यानेजमेन्ट लिमिटेड भाटभटेनी ग्रुप
४. नेपाल पावर एक्सचेन्ज (नेपेक्स) लिमिटेड मोहनकुमार डाँगी, कृष्णप्रसाद आचार्य, उत्तम भ्लोन लामा र आशिष गर्ग
५. पावर ट्रेडिङ एण्ड इको इनर्जी भवानी राणा एन्ड समूह
६. पावर ट्रेडिङ एन्ड इनर्जी एक्सचेन्ज भानु पोखरेल तथा समूह 
७. निफ्रा ट्रेडिङ एन्ड इनर्जी एक्सचेन्ज निफ्रा बैंकको अगुवाई
८. हिमालयन पावर ट्रेडिङ कम्पनी प्रालि मोतिलाल दुगड तथा समूह
९. एभरेष्ट पावर ट्रेडिङ  
१०. क्रस बोर्डर इनर्जी लिमिटेड  
११. वेस्ट सेती ट्रान्समिसन लिमिटेड  
१२. ऊर्जा ट्रेड इन्टरनेशनल  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३