विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लुयान स्कुटरको नेपालका लागि अधिकारिक वितरक जेरो इमिसन राइड एनले तिहारलाई लक्षित गरी धनतेरस र नेपाल संवत् ११४४ का दिन विशेष छुटमा एस–७० प्रो स्कुटर बिक्री गर्ने भएको छ । उक्त दिन स्कुटर खरिद गर्दा ग्राहकले २५ हजार छुट पाउने कम्पनीले जनाएको छ ।

फेस्टिबल अफर अन्तर्गत प्रदान गरिँदै आएको २० हजार नगद छुटमा उक्त दिन ५ हजार थपेर २५ हजार छुट दिन लागिएको हो । साथै ग्राहकले एक वर्षको रोड ट्याक्स र निशुल्क हेल्मेट समेत पाउनेछन् ।

एस–७० प्रोलाई कम्पनीले केही समयअघि सम्पन्न नेपाल ईभी शोमा लन्च गरेको थियो । सो नयाँ स्कुटरमा लुयानले २.२ किलोवाटको लिक्वड कुल्ड हव मोटर दिएको छ । साथै यसमा ९६ भोल्ट २३ एम्पियरको ग्राफेन ब्याट्री पाउन सकिन्छ । सो ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ७० देखी ८० किलोमिटरसम्म रेन्ज पाउन सकिने दावी गरिएको छ । स्कुटरको चार्ज साइकल ८०० रहेको छ ।

लुयान एस–७० प्रोको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने यसमा डिआरएल सहितको एलइडी हेडलाइट, एलइडी डिस्प्ले, एनएफसी सेन्सर किलेस इन्ट्री र एन्टि थेप्ट सिस्टम लगायत फिचर पाउन सकिन्छ । यसको ग्राउन्ड क्लिरियन्स १३५ एमएम र ह्विलवेश १३०० एमएम रहेको छ ।

सो नयाँ स्कुटरको मूल्य १ लाख ९८ हजार ९०० रुपैयाँमा निर्धारण गरिएको कम्पनीले जनाएको छ । ४ वर्षअघि नेपाल आएको लुयानलाई कम्पनीले ‘भ्यालू फर मनि’ स्कुटर का रुपमा बजार प्रवर्द्धन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit