images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । भारतमा विद्युतीय कारको तुलनामा हाइब्रिड (विद्युत् र पेट्रोलियम दुबैबाट चल्ने) कारको लोकप्रियता बढेको छ । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ब्याट्रीयुक्त विद्युतीय सवारीभन्दा हाइब्रिड कारको बिक्री बढेको हो ।

हाइब्रिड कार बिक्रेता मारुती, सुजुकीको ग्रान्ड भितारा, टोयोटाको इनोभा हाइक्रस तथा होन्डा सिटीलगायत कार बिक्रेता कम्पनीहरूले ग्राहकलाई हात खाली नजाने गरी आकर्षक उपहारको व्यवस्थासमेत गरेका छन् । बजारमा हाइब्रिड कारको बढ्दो बजार मागका कारण यी कम्पनीले आकर्षक सुविधा ल्याएको जनाएका छन् । 

गत आर्थिक वर्षकाे नोभेम्बरसम्म २१ हजार ४४५ हाइब्रिड सवारी बिक्री भएकोमा चालु वर्षको सोही अवधिसम्ममा २४ हजार ६२ कार बिक्री भएको भएको तथ्याङ्क छ । जबकी बजारमा १६ प्रकारका विद्युतीय गाडी र ४ प्रकारका हाइब्रिड गाडी उपलब्ध छन् ।

३ महिनाअघिसम्म पनि विद्युतीय गाडीको बिक्री बढेको थियो । तर, पछिल्लो समय हाइब्रिड गाडीको निरन्तर बजारमा आकर्षण बढ्दै गएको हो । जून महिनासम्म स्थानीय बजारमा २५ हजार २०० विद्युतीय गाडीको बिक्री हुँदा हाइब्रिड गाडी १४ हजार ४०० मात्रै बिक्री भएको थियो । तर सेप्टेम्बर महिनासम्म यो फरकमा गिरावट आई २३ हजार ९०० विद्युतीय गाडी बिक्री हुँदा २२ हजार हाइब्रिड गाडी बिक्री भएको तथ्याकं छ । यद्यपी, सेप्टेम्बर महिनापछि भने हाइब्रिड गाडीकाे बिक्री बढ्दै गएको औद्योगिक तथ्याङ्क छ ।

‘हाईब्रिड गाडी सजिलो छ, हाईब्रिड गाडीलाई विद्युतीय गाडी जस्तो कुनै निश्चित चार्जिङ पुर्वाधार चाँहिदैन र पेट्रोल कार भन्दा माईलेजमा पनि राम्रो हुनुका साथै न्युन लागतले यसको माग बढाएको छ,’ उद्योगका वरिष्ठ अधिकारीहरूले भने ।

मारुती सुजुकीको मार्केटिङ तथा विक्रेताको प्रमुख कार्यकारी शशाकं श्रीवास्तवले पछिल्लो ३ महिनायता हाईब्रिड सवारी बजारमा भित्रिएको र यसले विद्युतीय गाडीलाई पनि पछि पारेको दाबी गरे ।

हाइब्रिड एक यस्तो अवधारणा हो, जसले ग्राहकमाझ बलियो उपस्थिती जनाउन थालेको छ । वर्तमान परिस्थीतिमा सीमित चार्जिङ स्टेसन रहँदा मानिसले समस्या महसुस गरे । त्यसको विकल्पमा हाइब्रिड सवारी महत्वपूर्ण विकल्प हुन सक्छ । हाइब्रिड सवारी साधन शहरी क्षेत्रमा ड्राइभिङका लागि वातावरणमैत्री, राम्रो इन्धन दक्षता र न्यूनतम कर लागतको सुविधाले पनि उपयुक्त हुने श्रीवास्तवले बताए ।

अहिले भारत सरकारले विद्युतीय सवारी साधनमा ५ प्रतिशत वस्तु तथा सेवा कर (जीएसटी)  तथा हाइब्रिड सवारीमा ४३ प्रतिशत कर लगाएको छ ।

होन्डा कार भारतले सेडान सहरमा हाइब्रिड प्रविधि स्थापना गरेको जनाएको छ । यसले बजारमा सहज उपलब्धताका साथै सहरको कूल बिक्रीको १२ प्रतिशत हाइब्रिड प्रविधिले ओगट्ने जनाएको छ । 

‘भारतीय कार बजारमा विद्युतीकरण बढ्दै जाँदा होन्डा कार हाइब्रिड ‘व्यवहारिक र चिन्ता लिनु नपर्ने’ सवारी भएको होन्डा कम्पनीका बजार तथा बिक्री निर्देशक युइची मिराताले बताए ।

‘कम्पनीले आगामी दिनमा हाईब्रिड गाडीको विभिन्न प्रकारका गाडीका निर्माण गर्नुका साथै पावरट्रेन विकल्पका रुपमा अघि बढाउँदै हाइब्रिड गतीतर्फ आकर्षित गर्ने र देशमै आफ्नो बलियो स्थान बनाउने रणनीति छ,’ उनले भने । 

हाइब्रिड कार परम्परागत पेट्रोल कारको तुलनामा २० देखि ३० प्रतिशतसम्म महँगो हुने गर्छ, तर, ३० देखि ४० प्रतिशत बढी पेट्रोल दक्षता उपलब्ध गराउँछ । यसका साथै यी कारले खरिदकर्तालाई चार्जिङ स्टेशन स्थापना हुनै बाँकी भएको ठाँउमा सहज बनाउनुका साथै अन्य ३ कम्पनीभन्दा उपयुक्त परिणाम ल्याउने दाबी गरिएको छ ।

(इकाेनाेमिक टाइम्सबाट)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit