विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको अस्थायी टहरामा बिजुली पुर्‍याएको छ । प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयको सहयोगमा जाजरकोट र रुकुम वितरण केन्द्रले भूकम्प पीडितको अस्थायी टहरमा बिजुली पुर्‍याएको हो ।

प्राधिकरणको उज्यालो कार्यक्रमअन्तर्गत भूकम्प पीडितको अस्थायी आवासमा बिजुली बालेको प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसियत यादवले बताए । भूकम्पले रुकुम पश्चिमको आठविसकोट गाउँपालिका, जाजरकोटको नलगाड र भेरी नगरपालिकामा बढी क्षति पुर्याएको छ ।

‘प्राधिकरणको तर्फबाट राहतस्वरुप भूकम्प पीडितको टहरामा अस्थायी रुपमा विद्युत सेवा पुर्याएका छौँ,’ उनले ऊर्जा खबरसँग भने, ‘जाजरकोट र रुकुमपश्चिमका ४०० बढी अस्थायी टहरामा बिजुली बालिएको छ, अहिले पनि प्राधिकरणका टोलीहरू विद्युत् व्यवस्थापनको काममा लागिरहेका छन् ।’

अहिले भूकम्प पीडितलाई राहत बाड्ने, अस्थायी आवास निर्माण गर्ने काम भइरहेका छन् । पीडितले त्रिपाल, काठ, बाँस तथा निगलाको मान्द्रो जस्ता सामाग्रीबाट अस्थायी आवास निर्माण गरेका छन्, भने केही पीडितहरू खुला आकासमुनि पनि रात बिताइरहेका छन् ।

केन्द्रले प्रादेशिक कार्यालयको सहयोगमा यसरी अस्थायी आवास बनाएर अँध्यारोमा बस्न बाध्य भएका पीडितको घरमा उज्यालो पुर्‍याएको हो । साथै,  ५० वटा खुला तथा ठूला चौरमा ‘भेम्पायर लाइट’ जडान गरेको यादवले बताए ।

यसैगरी, त्यसक्षेत्रका सडकमा बत्तीहरू पनि जडान गरिएको छ । भूकम्पको धक्का महसुस भइरहेको छ, फेरि भूकम्प आए सुरक्षित स्थानमा जान सजिलो होस् भन्ने हिसाबले सडक तथा बाटोमा बत्ती जडान गरिएको पनि उनले जानकारी दिए ।

प्राधिकरणले भूकम्प गएको २४ घन्टाभित्रै भूकम्पले घर भत्काएको ठाउँबाहेक अन्य स्थानमा विद्यत् सेवा सुचारु गरेको थियो । प्राधिकरणबाट खटिएका टोलीले लाइन तथा पोलहरू मर्मतसम्भार गरी सेवा सुचारु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit