विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उच्च क्षमताका ४० बढी नयाँ प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ । निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न तथा प्रसारण प्रणालीलाई दिगो र गुणस्तरीय बनाउन यी प्रसारण लाइन आयोजना निर्माण गर्न लागिएको हो ।

प्राधिकरणको प्रसारण तथा आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत यी प्रसारण लाइन आयोजना अघि बढाउन लागेका हुन् । प्रसारण लाइन निर्देशनालयले २८ प्रसारण लाइन निर्माण गर्दैछ । जसमा ४०० केभी क्षमता ६ वटा प्रसारण लाइन आयोजना छन् ।

केरुङ–चिलिमे हब–रातमाटे, भेरी कोरिडोर,अरुण–इनरुवा–अनारमनी, अरुण–दूधकोसी–तिङ्ला, दूधकोसी–ढल्केबर र न्यू बुटवल–गोरखपुर (अन्तरदेशीय) ४०० केभी क्षमताका निर्माणका लागि प्रस्तावित प्रसरण लाइन आयोजना हुन् । २२० केभी क्षमताका ४ वटा प्रसारण लाइन आयोजना निर्माणमा जाँदैछन् ।

२२० केभीमा निर्माण प्रस्ताव गरिएका प्रसारण लाइनमा लेखनाथ–दमौली, तुम्लिङटार–शीतलपाटी, धौबडी–फलाम खानी र त्रिशूली–३ ‘बी’–रातमाटे छन् । लेखनाथ–दमौली प्रसारण लइन आयोजना अन्तर्गत लेखनाथ र दमौलीमा २२०/१३२ केभी सबस्टेसन पनि निर्माण हुने प्राधिकरणले जनाएको छ ।

तुम्लिङ्टार–शीतलपाटी कोसी कोरिडोरको सहायक प्रसारण लाइन हो । संखुवासभा र भोजपुरमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत यो प्रसारण लाइनमा प्रवाह हुनेछ । प्रसारण लाइन आयोजना अन्तर्गत शीतलपाटीमा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण गरिने भएको छ ।

धौबडी–फलाम खानी प्रसारण लाइन आयोजना अन्तर्गत पनि २२०/१३२ केभी सबस्टेसन निर्माण गर्ने प्राधिकरणको योजना छ । धरानमा २२०/१३२ केभी सबस्टेसन निर्माणको प्रस्ताव गरिएको छ । 

प्रसारण निर्देशनालय अन्तर्गत निर्माण हुन लागेका १३२ केभी क्षमताका १६ वटा प्रसारण लाइन रहेका छन् । बलेफी–बाह्रबिसे, कालीगण्डकी–रिडी, लालबन्दी–सलिमपुर, ढल्केबर–बलगंगा, भुमाही–हाकुई, कोदक–अनारमनी, पतलैया–हर्निया, लाहान–सुखीपुर, रुपनी–बोडेबर्सैं, चन्द्रपुर–सुखदेवचौर लगायतका प्रसारण लाइन आयोजना प्राधिकरणले अघि बढाउँदैछ । प्राधिकरणको योजनामा रहेका अधिकांश नयाँ प्रसारण लाइन आयोजना हुन् भने केहीको दोस्रो सर्किटको काम हुन लागेको हो ।

यस्तै, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत एसियाली विकास बैंक (एडिबी) को ऋण लगानीमा पनि १४ वटा प्रसारण लाइन आयोजना निर्माणको हुने भएका छन् । जसमा ४०० केभी क्षमताका ९ वटा प्रसारण लाइन निर्माण आयोजना हुँदैछन् ।

न्यू बुटवल–लमही–कोहलपुर–न्यू लम्की–न्यू अत्तरिया ४०० केभी प्रसारण लाइन आयोजना निर्माणको प्रस्ताव गरिएको छ । यो प्रसारण लाइन बुटवलदेखि अत्तरियासम्म निर्माण हुनेछ । प्रसारण लाइन आयोजना अन्तर्गत लमही, कोहलपुर र अत्तरियामा गरी ३ वटा सबस्टेसन समेत निर्माण हुनेछन् ।

यस्तै, ४०० केभी तिङ्ला हब–लिखु हब–न्यू खिम्ती निर्माण हुने भएको छ । तिङ्लादेखि न्यू खिम्तीसम्म प्रसारण लाइन आयोजना निर्माण हुनेछ । लिखुमा ४००/२२०/१३२ केभी सबस्टेसन निर्माण हुनेछ । 

न्यू खिम्ती–तामाकोसी–३, सुनकोसी हब–ढल्केबर, दमौली–कुस्मा–बुर्तिबाङ, बान्फिकोट, निजगढ–हेटौंडा, बुढीगण्डकी कोरिडोर लगायत निर्माणका लागि प्रस्तावित ४०० केभी प्रसारण लाइन हुन् । 

१३२ केभी क्षमताका ५ वटा प्रसारण लाइन निर्माणका लागि प्रस्ताव गरिएको छ । छिन्चु–सुर्खेत, दैलेख–कालीकोट–जुम्ला, लामोसाँघु–रामेछाप, चोभार–लगनखेल (भूमिगत) र कोलपुर–नेपालगन्ज निर्माणमा जान लागेका प्रसारण लाइन आयोजना हुन् । निर्माण प्रस्ताव गरिएको यी प्रसारण लाइन आयोजना अहिले अध्ययनको विभिन्न चरणमा रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit