विद्युत अपडेट

  • प्राधिकरण : ८८८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६६३३ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५५४० मे.वा.घन्टा
  • आयात : ८५७० मे.वा.घन्टा
  • निर्यात : ०० मे.वा.घन्टा
  • ट्रिपिङ : २५२० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२१४५ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १९०९ मे.वा.
२०८० जेठ २८, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर ऊर्जा दक्षता

भव्या इन्टरनेशनलले विगत १२ वर्षदेखि विद्युतीय सवारीको अध्ययन, अनुसन्धान, बजार व्यवस्थापनमा अनुभव बटुल्दै आएको छ । इलेक्ट्रिक रिक्सा, ब्याट्रीमा लामो समयदेखि काम गर्दै आएको कम्पनी पछिल्लो २ वर्षदेखि नेपालको वातावरणलाई सुहाउँदो विद्युतीय बाइसाइकल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले आगामी एक वर्षभित्र नेपालमै उत्पादन गर्ने लक्ष्य राखेको छ । यही विषयमा कम्पनीका बजार व्यवस्थापक रमेश साहसँग उर्जा खबरले गरेकाे कुराकानीकाे सार ः

इलेक्ट्रिक बाइसाकल नेपालमा कहिलेदेखि सञ्चालनमा आएको हो ?

यो लामो समयको अध्ययन अनुसन्धानपछि सञ्चालनमा ल्याइएको छ । यो इ जी कम्पनीको ब्रान्ड हो जुन स्विजरल्याण्डमा र नेपालमा पाइन्छ । नेपालको बजार, भौगोलिक अवस्था र वातारणलाई ध्यानमा राखेर भित्र्याइएको हो । नेपालको वातावरणलाई मध्यनजर गरेर आवश्यकता अनुसार अर्डर गरेर बनाउन लगाइएको हो । यो नेपाली बजारमा आएको २ वर्ष मात्र भयो ।

यो २ वर्षको अवधिमा कति बिक्री भयो ?

अहिलेसम्म ३ हजार बढी बाइसाइकल बिक्री भइसकेका छन् । मुख्य सहरहरू आउटलेट पनि बनाइसकेका छौं । हामी जहाँ पनि डेलिभेरी गर्न सक्छौं । बाइसाइकलमा केही समस्या आएपनि हामी कम्पनीमार्फत साथ दिन्छौं । बाइसाइकले राम्रो बजार लिएकोले आगामी ६ महिनादेखि १ वर्षभित्र नेपालमै उत्पादन सुरु गरिनेछ । यसका लागि तयारी भइरहेको छ । यो पछि हामी स्कुटर पनि ल्याउछौं ।

नेपालमा यसको प्रमुख कार्यालय कता छ ?

यसको प्रमुख कार्यालय विराटनगरमा छ, अन्य ठाउँमा डिलरहरू छन् । हामीसँग २० बढी मोडलहरू छन् । यसमा हामीले ८-९ वर्षका केटाकेटीदेखि बूढाबूढीसम्मका मानिसले चलाउन सक्ने सबै प्रकारका बाइसाइकलहरू छन् ।

यो फुल चार्ज गर्न कति समय लाग्छ ?

यो बाइसाइकल फुल चार्ज गर्न चार्ज शून्य छ भने लगभग ४ घन्टा लाग्छ । एक पटक चार्ज गर्दा ४० देखि १६० किलोमिटरसम्म गुड्न सक्छ ।

मानिसले यो बाइसाइकल नै किन चलाउने त ?

यदि, तपाईंसँग कार पनि छ स्कुटर पनि छ भने पनि यो बाइसाइकल पनि राख्नुहोस् । किनकि, सजिलो र छिटोको लागि यो उपयोगी छ । कार, स्कुटर नजाने ठाउँमा यो सजिलै जान्छ । स्वास्थ्यका लागि, पैसा बचत, व्यायामका लागि, स्वच्छ वातावरण र छिटोछरिताका लागि याे एकदम उपयोगी छ ।

मानिसहरूले खरिद गर्न चाहेकाे खण्डमा यो बाइसाइकल कहाँ कसरी उपलब्ध हुन सक्छ ?

देशभित्र हाम्रा धेरै डिलरहरू छन्, इच्छुक व्यक्तिले अनलाइनमार्फत पनि अर्डर गर्न सक्छन् । गत मंसिर १६ गतेदेखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको विद्युतीय सवारी एक्स्पोमा पनि धेरैले खरिद गर्ने इच्छा देखाउनु भएको थियो । एक्स्पोमा मात्र किन्न चाहाने ४०० बढीले नाम र नम्बर टिपाएर जानुभएको छ ।

यो बाइसाइकलको मूल्य कतिदेखि सुरु हुन्छ ?

बाइसाइकलको मूल्य ६० हजारदेखि १ लाख ४५ हजार रुपैयाँसम्म छ । यसमा ४८ भोल्ट २० एम्पियर आवरसम्म डुअल लिथियम आयोन ब्याट्री जडान गरिएको हुन्छ, जसको मोटरको क्षमता २५० वाट हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit