विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत व्यवसायी महासघको आयोजनामा आज (मंसिर २२ गते) देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनीहलमा  ‘फिन इलेक्ट्रो टेक–२०२२’ सुरु भएको छ । विद्युत तथा विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि प्रर्दशनी गरिएको हो ।

इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरूको अन्तर्राष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण गरिएको हो । आफनै मुलुकमा बढ्दो उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमहरूबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै लान एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्याउने उद्देश्यका साथ ‘नेपालको समृद्धि उर्जा खपत अभिवृद्धि’ नाराका साथ प्रर्दशनी आयोजना गरिएको हो ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्द्धन गर्नका लागि आयोजना गरिएको महासंघले जनाएको छ । साथै, प्रर्दशनीको उद्योगमा भएका नविनतम उपलब्धीहरूबारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य छ ।

उद्योगी, व्यवसायी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरू प्रदर्शनी अवधी भरी सञ्चालन गरिनेछ ।

प्रर्दशनी हल भित्र ४९ वटा ब्लकहरू र हल बाहीर २६ वटा स्टलहरू गरि जम्मा ७५ वटा प्याभिलियन तथा स्टलहरू रहेका छन् जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरू, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरू, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।

प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तक्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् भने अवलोकन कर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरूका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ ।

स्वदेशी उत्पादन लगायत भारत, जापान, सिंगापुर, ताइवान, चिन, फ्रान्स, स्पेन, मलेसिया, अमेरिका, जर्मनी, इटाली, अष्ट्रेलिया, आदिका विभिन्न इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरू प्रदर्शनमा छन् । यस इलेक्ट्रो टेकको यस दशौं संस्करणमा राठी, अन्नपूर्ण, महालक्ष्मि, ग्रेटह्वाइट, एच.पि.एल., इलेक्ट्रा इलेक्ट्रीक, जानकी, लिशा, ट्रान्सवेल्ड, ओपल, लेकिसे, स्नाइडर, लिग्राण्ड, सि एण्ड एस, फिलिप्स, बजाज, हेभल्स, सिस्का, सिमेन्स, क्रम्टन, उषा, एंकर, ओरियन्ट, हिमेल, चिन्ट, हिमस्टार लगाएतका स्वदेशी तथा विदेशी ब्राण्डहरूको सहभागिता रहने छ ।

प्रदर्शनीलाई सहभागीमुलक एवं सुचनामुलक बनाउनका लागि विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुती तथा अन्तक्र्रिया कार्यक्रमहरू सञ्चालन हुनेछन् । चार दिनसम्म चल्ने प्रर्दशनीमा देश भित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्चर, इलेक्ट्रीकल इन्जीनियर, इन्टेरियर डेकोरेटर, प्राविधिककर्मी, नेपाल भरका विद्युतीय व्यवसायीहरू, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्वसाधारण गरी ६० हजार भन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit