विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको विद्युत् गत जेठ २८ गतेबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

प्राधिकरणले २०८० जेठदेखि मंसिर २० गतेसम्मकाे अवधिमा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ । प्राधिकरणले यसअवधिमा दैनिक अधिकतम ७०० मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्‌काे औसत बिक्री दर प्रतियुनिट ८.७७ रुपैयाँ रहेको छ ।

यसैगरी, चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मंसिर २० गतेसम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । यसअवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्‌काे औसत बिक्री दर प्रतियुनिट ८.९६ रुपैयाँ रहेको छ ।

प्राधिकरणका अनुसार सुख्खायाम सुरु भएसँगै खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहबाट उत्पादन घट्न सुरु भएको छ । जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ । शुक्रबार रातिबाट विद्युत् निर्यात पूर्ण रूपमा बन्द हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा विद्युत‌्काे अधिकतम माग १७०० मेगावाटको हाराहारी रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताए ।

‘अहिले विद्युत् उत्पादन र माग करिब–करिब बराबरी छ, अर्धजलाशययुक्त विद्युत्‌ गृहहरूमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक सययमा चलाइरहेका छौं’, उनले भने, ‘पिक समयमा आयात गर्दा विद्युत्‌काे दर महँगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ । त्यसैले देशभित्रका आंशिक जलाशययुक्त आयोजनाहरूमा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विद्युत् थोरै परिमाणमा मात्र आयात सुरु गरिएको छ ।’

उनले चैत र वैशाखमा विद्युत् आयातको परिणाम केही बढेतापनि यसवर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको बताए । ‘आगामी वैशाखको दोस्रो साताबाट विद्युत् निर्यात पुनः सुरु हुनेछ । यस वर्ष करिब ९०० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदैछ । त्यसैले अर्को वर्ष २५/३० अर्ब रुपैयाँको विद्युत् निर्यात हुने छ’, घिसिङले भने ।

दुई देशबीचको प्रसारण सञ्चाल सुधारका लागि ठूलो क्षमताका लाइनहरू बनिरहेको जानकारी दिँदै घिसिङले देशभित्र पनि जलविद्युत् आयोजनाको निर्माण भइरहेकाेले आगामी ५ वर्षभित्रमा वार्षिक करिब १ खर्ब रुपैयाँको विद्युत् निर्यात हुने अवस्था बनिरहेको बताए ।

प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा १ अर्ब ७८ करोड ५३ लाख, साउनमा २ अर्ब १४ करोड ७६ लाख र  भदौमा ३ अर्ब ४७ करोड ८५ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । यसैगरी, असोजमा ४ अर्ब १७ करोड ७७ लाख, कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख र मंसिर २० गतेसम्ममा ७३ करोड ५९ लाख रुपैयाँ विद्युत् निर्यात गरी आर्जन भएको छ ।

यस वर्षको विद्युत् निर्यात अवस्था

महिना विद्युत निर्यात (रूपैयाँ) प्रतियुनिट अैसत (दर रूपैयाँ)
जेठ २१ करोड ६० लाख ९.१४
असार  १ अर्ब ७८ करोड ५३
लाख
७.५४
साउन २ अर्ब १४ करोड ७६
लाख
८.४३
भदाै ३ अर्ब ४७ करोड ८५
लाख
११.९७
असाेज ४ अर्ब १७ करोड ७७
लाख
१०.२०
कातिक २ अर्ब ६९ करोड ७०
लाख
७.३७
२० मंसिरसम्म ७३ करोड ५९ लाख ६.३७
जम्मा १५ अर्ब २३ करोड ८०
लाख
८.७७

स्राेतः नेपाल विद्युत प्राधिकरण

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ ।प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि (एनभिभिएन)लाई बिक्री गरिरहेको थियो । एनभिभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरेको थियो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्री गर्न पनि अनुमति दिएको छ । प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५४७ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६५७ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit