विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले आगामी माघ ४ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ताप्लेजुङमा निर्माणाधीन ७३ मगावाटको मध्य तमोर जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँ अंकित ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ३२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

निष्कासन हुने सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नम्बर १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका–१ तथा भिक्वाखोला गाउँपालिका १ र २, मेरिङदेन गाउँपालिका २ र ३, आठराई त्रिवेणी गाउँपालिका–५ तथा मैवाखोला गाउँपालिका–१ मा बसोबास गर्ने बासिन्दाका लागि ४० प्रतिशत अर्थात् १३ लाख ३३ हजार कित्ता छुट्याइएको छ । बाँकी ६० प्रतिशत अर्थात १९ लाख ९९ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका बासिन्दाका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

त्यस्तै सर्वसाधारणमा निष्कासन हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरका ४९ लाख ९८ हजार ७ सय ५० कित्ता सेयरको १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८ सय ७५ कित्ता सेयर सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिने तयारी भइरहेको छ ।

स्थानीय र वैदेशिक रोजगारीमा रहकाले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा आगामी माघ १८ गत र ढिलोमा आगामी फागुन ४ गतेसम्म आवेदन दिने सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ १८ गतेभित्र आवेदन सक्नेछन् ।

स्थानीय बासिन्दाले हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit