विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूले एसियन हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि मंसिर २७ गते देखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साझ ५ बजेबाट सकिन लागेको हो । 

वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि ८४ हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधरणको लागि छुट्याएको जारी पुँजीको २४.७१ प्रतिशतले हुन आउने अर्थात ८ करोड ४० लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित ८ लाख ४० हजार कित्ता सेयर मध्येको १० प्रतिशत सेयर निष्कासन गरेको हो । 

यस्तै, जारी पुँजी ३४ करोडको १० प्रतिशत हुन आउने अर्थात ३ करोड ४० लाख  रकम बराबरको सय रुपैयाँ अंकित ३ लाख ४० हजार कित्ता साधारण सेयर स्थानीयको लागि निष्कासन गरिएको छ । ४० प्रतिशतले हुन आउने अर्थात १ लाख ३६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र इलाम गाउँपालिका वडा नम्बर १० (साविकको गोदाक गाविसको १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु), माई जोगमाई गाउँपालिका वडा नम्बर ३ र ४ (साविकको नाम्सालिङ्ग गाविसको १ देखि ९ सम्मको सम्पूर्ण वडाहरु तथा नयाँबजार गाविसको वडा नम्बर ५), सुर्योदय नगरपालिका वडा नम्बर ११ (साविकको माघेसुन्तले र तिनघरे गाविसका सम्पुर्ण वडाहरु तथा सुर्योदय गाविसको वडा नम्बर ३, ४ र ५ का स्थानीयका लागि निष्कासन  गरिएको हो  । 

साथै, ६० प्रतिशतले हुन आउने अर्थात २ लाख ४ हजार कित्ता सेयर आयोजनको अति प्रभावित क्षेत्र बाहेकको इलाम जिल्लाका अन्य क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिएको छ ।
स्थानीयले तथा वैदेशिक रोजगारीमा रहेको नेपाली नागरिकले न्यूनत्तम १० कित्ता देखि अधित्तम २० हजार कित्ता सम्म आवेदन दिन पाउँनेछन् । स्थानीयले पुस २७ गते सम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । इलाममा ६.२ मेगावाटको तल्लो जोगमाई जलविद्युत आयोजना सञ्चालनमा छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit