images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रधान कार्यालयका विभिन्न निर्देशनालय, प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र विभागबाट सरुवा/पदस्थापन भएका कर्मचारीलाई २४ घन्टाभित्र रमाना लिन निर्देशन दिएको छ । प्राधिकरणले पहिले नै सरुवा/पदस्थापन भई नयाँ कार्यालयमा हाजिर हुन हटेर गर्ने कर्मचारीलाई समय तोकेर रमाना लिन निर्देशन दिएको हो ।

प्राधिकरण प्रशासन निर्देशनालयले सूचना जारी गरी २४ घन्टाभित्र सरुवा/पदस्थापन भएको कार्यालयमा उपस्थित नहुने कर्मचारीको यसै महिनाबाट तलब रोक्का गर्ने चेतावनी समेत दिएको छ । तोकिएको अवधिभित्र रमाना नलिएमा कर्मचारीको हाजिरी मेसिनमा हाजिर गर्न राेक लगाइने पनि सूचनामा जनाइएको छ ।

विभिन्न निर्देशनालय, प्रादेशिक तथा डिभिजन कार्यालय एवं विभागबाट मासिक तथा त्रैमासिक काजमा खटिइ हालसम्म फिर्ता नआउने कर्मचारीलाई पनि २४ घन्टाको अल्टिमेट दिइएको छ । काजमा गई हालसम्म पनि फिर्ता नभएका कर्मचारीलाई यो अवधिभित्र फर्किन निर्देशनालयले आग्रह गरेको छ ।

काज अवधि समाप्त भई कार्यरत रहेको कार्यालयमा फिर्ता हुन अटेर गर्ने कर्मचारीको हकमा पनि यसै महिनाबाट तलब तथा काज खटिई गएको कार्यालयमा हाजिरमा रोक लगाउने चेतावनी निर्देशनालयले दिएको छ ।

अब मासिक तथा त्रैमासिक काजमा खटाउँदा एउटा आर्थिक वर्षमा ३ महिनासम्म मात्र खटाउन सकिने सूचनामा उल्लेख छ । काज काजमा पठाउने अधिकारीले कर्मचारी कति समयसम्म काजमा बसेको छ ? भन्ने यकिन गरी थप काज स्वीकृत गराउनु पर्ने भएको छ ।

काज दिने सम्बन्धमा तोकिएको व्यवस्था कार्यान्वयन नगर्ने/नगराउने पदाधिकारी तथा कर्मचारीलाई विभागिय कारवाहीका लागि प्रस्ताव गरिने समेत निर्देशनालयको सूचनामा जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit