images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले कालीगण्डकी कोरिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गत पर्ने न्यू बुटवल–बर्दघाट खण्डको निर्माण अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । विभागले न्यू बुटवल सबस्टेसनदेखि बर्दघाटसम्म करिब २१ किलोमिटर प्रसारण लाइन निर्माण गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमतिपत्र दिन लागेको हो ।

विद्युत ऐन, २०४९ को दफा ४ मा भएको व्यवस्थाअनुसार विद्युत नियमावली, २०५० को नियम १३ बमोजिम  प्रसारण लाइन आयोजनाको अनुमतिपत्र दिने तयारी भइरहेको विभागले जनाएको छ । प्राधिकरणलाई निर्माण अनुमतिपत्र दिन विभागले ३५ दिने सूचना निकाली प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका सम्बन्धमा सरोकारवालासँग लिखित राय/सुझाव मागेको छ । 

सरोकारवालाले आफ्नो लिखित राय/सुझाव विभाग वा विद्युत प्राधिकरणको कार्यालयमा प्राप्त हुने गरी पठाउन आग्रह गरिएको छ । प्रसारण लाइनको यो खण्डमा ६० वटा टावर निर्माण हुनेछन् ।

प्राधिकणले ठेक्का सम्झौता भएको मितिले १८ महिनाभित्रमा प्रसारण लाइनको यो खण्ड निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउनु पर्नेछ ।प्रसारण लाइनको एउटा टावरदेखि अर्को टावरसम्मको  दुरी करिब ३ सय ५० मिटर हुनेछ ।

टावरको उचाई ३६ देखि ६४ मिटरसम्म हुनेछ । संरचना निर्माण गर्न प्रसारण लाइनको तारमुनी ६०.३१६ हेक्टर जग्गा उपयोग हुनेछ । १.९४४ हेक्टर जग्गा प्रसारण लाइनको टावरको जगका लागि स्थायी रुपमा अधिग्रहण गरिनेछ । 

प्रसारण लाइनको यो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा करिब ५ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ । प्रसारण लाइन कोरिडोर अन्तर्गतको पहिलो दाना–कुस्मा खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

दोस्रो ८७ किलोमिटर लामो कुस्मा–न्यू बुटवल खण्ड ६० प्रतिशत बढी सम्पन्न भइसकेको छ । न्यू बुटवल सबस्टेसनको निर्माण पनि पूरा भइसकेको छ ।

नवलपरासीको सुनवलस्थित बढेरामा निर्माण भएको यो सबस्टेसन सञ्चालनका लागि तयार भएको छ । सबस्टेसन सञ्चालनका लागि तयार भए पनि कोरोना (कोभिड–१९) महामारीका कारण उपकरण उत्पादन तथा आयातकर्ता कम्पनीका प्राविधिक भारतबाट आउन नसक्दा परीक्षण सुरु गर्न सकिएको छैन ।

एकिकृत परीक्षण सुरु गर्नुअघि उपकरणको छुट्टा छुट्टै परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको छ । कोरिडोरको दोस्रो खण्ड सम्पन्न नहुन्जेल १३२ केभी प्रसारण लाइन ‘लुप इन, लुप आउट’ गरी सञ्चालन गर्ने तयारी प्राधिकरणले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit