विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीमा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाले अबको ११ महिनामा विद्युत उत्पादन सुरु गर्ने भएको छ । ७० प्रतिशत सम्पन्न भइसकेको आयोजना  २०७८ पुसदेखि विद्युत उत्पादन सुरु गर्न लागेको हो । 

अहिले आयोजनाको बाँध, सुरुङ, विद्युतगृहलगायत सबै संरचना निर्माणको काम धमाधम भइरहेको प्रवद्र्धक सुपर मादी हाइड्रो पावर कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । उनले निर्माण सुरु गरेको करिब २७ महिनामा आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको बताए । 

बाँध क्षेत्रमा करिब ७० प्रतिशत काम सकिएको छ । आयोजनाको करिब ७.५ किलोमिटर लामो मुख्य सुरुङ ६.२५० किलोमिटर खनेर सकिएको छ । यो कूल सुरुङको ८३ प्रतिशत हो ।

विद्युतगृह पनि करिब ३० प्रतिशत सम्पन्न भइसकेको उनले जानकारी दिए । ‘सिभिल संरचनाको अब ३० प्रतिशत काम मात्रै बाँकी छ,’ उनले ऊर्जा खबरसँग भने, ‘हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फ पनि केही उपकरण आयोजना स्थलमा आउन थालिसकेका छन् । ’ उनले हाइड्रोमेकानिकलतर्फ ५० प्रतिशत काम सम्पन्न भइसकेको बताए । फलामको पाता तथा पाइपको काम भइरहेको छ ।

उनले इलेक्ट्रोमेकानिकलतर्फ पहिलो लटका उपकरण आइसकेको बताए । दोस्रो र तेस्रो लटको उपकरण आउने प्रक्रियामा छन् । आयोजना स्थलमा दैनिक ७ सय जना कामदार परिचालन गरिएको छ ।

आयोजनाबाट २०७८ असारदेखि विद्युत उत्पादन गर्ने तालिका रहे पनि कोरोना (कोभिड–१९) महामारीका कारण लक्ष्यभन्दा ६ महिना ढिलो गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने ढुंगानाले बताए । आयोजना सम्पन्न हुँदा ७ अर्ब ४७ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

आयोजनामा ५ अर्ब ६१ करोड रुपैयाँ विभिन्न बैंकको ऋण लगानी छ । बाँकी स्वपुँजी लगानी छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा ७ बैंकले ऋण लगानी गरेका छन् ।

कम्पनीले आयोजनामा स्वपुँजी लगानी जुटाउन ३१ करोड ५० लाख रुपैयाँ मूल्यको ३१ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्दैछ । कम्पनीले सेयर निष्कासनको प्रक्रियाका लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत लेखनाथ सबस्टेसनमा लगेर जोडिनेछ ।

मादी बेसिनमा सुपर मादी सहित १३ मेगावाटको मद्क्यु खोला, १२ मेगावाटको २५ मेगावाटको माथिल्लो मादी र २४ मेगावाटको माद्मे खोला आयोजना छन् । मद्क्यु खोला, नामार्जुन मादी र माथिल्लो मादी निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । माद्मे खोलाको निर्माण सुरु हुँदैछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit