विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मोदी इनर्जी लिमिटेडले पहिलो चरणको सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको २९ लाख कित्ता सेयर आवेदन खुल्ला गरेको हो । 

जारी पूँजी २ अर्ब ९० करोड मध्येको २५ प्रतिशत हुन आउने अर्थात ७२ करोड ५० लाख कित्ता साधारण सेयरमध्येको १० प्रतिशत अर्थात २९ करोड रकम बराबरको सय रुपैयाँ अंकित २९ लाख कित्ता साधारण सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित पर्वत जिल्ला अन्तर्गत दुर्लुङग् गाविस हाल कुश्मा नगरपालिका ३, बाजुङ्ग गाविस हाल मोदी गाउँपालिका ५, देवापुर गाविस हाल मोदी नगरपालिका २, तिलहर गाविस हाल मोदी गाउँपालिका ६ र चुवा गाविस हाल कुश्मा नगरपालिका ८ का स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरिएको हो ।

 बाँकी १५ प्रतिशत हुन आउने अर्थात ४३ करोड ५० लाख रकम बराबरको सय रुपैयाँ अंकित ४३ हजार  ५० कित्ता सेयर मध्येको २० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि, ५ प्रतिशत हुन आउने अर्थात २ लाख १७ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याएको र २ प्रतिशत हुन आउने अर्थात ८७ हजार कित्ता सेयर कम्पनीका कर्मचारकिा लागि छुट्याएको छ । बाँकी, ३६ लाख १० हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा चैत ९ गतेसम्म र ढिलोमा २४ गतेसम्म आवेदन दिन सकिनेछ भने वैदेशिक रोजागारीमा गएका नेपाली नागरिकले चैत ९ गतेसम्म मात्रा आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको पार्वतमा २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत आयोजना सञ्चालनमा छ ।

यसैगरी, माई खोला हाइड्रो पावर लिमिटेडले पनि प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नगारिकका लागि छुट्याएको सेयर निष्कासन गरेको छ । 

जारी पूँजी ३९ करोड २२ लाख ५६ हजार ८ सय मध्येको १० प्रतिशत हुन आउने अर्थात ३ करोड ९२ लाख १५ हजार ७ सय रकम बराबरको सय रुपैयाँ अंकित ३ लाख ९२ हजार १५७ कित्ता सेयर आयोजना प्रभावित इलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधारणमा निष्कासन हुने सेयरको १० प्रतिशत अर्थात १ करोड ५२ लाख ९४ हजार १ सय रुपैयाँ रकम बराबरको सय रुपैयाँ अंकित १ लाख ५२ हजार १४१ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन गरिएको छ । 

प्रभावित स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले न्यूनतम १० कित्तादेखि अधिकतम  ५० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन । 

स्थानीयले छिटोमा चैत ९ गतेसम्म र ढिलोमा २४ गतेसम्म आवेदन दिन सक्नेछन । यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले चैत ९ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् । 
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको इलाममा ३ मेगावाटको सुपरमाई क्यासकेड जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit