विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्रीन भेन्चर कम्पनीले ६२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रामेछापमा निर्माणाधीन ५२.४ मेगावाटकको लिुख-४ जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता सय रुपैयाँमा अंकित ६२ करोड ५० लाख रुपैंया बराबरको साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेकाे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डबाट अनुमति पाए लगत्तै साधारण सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

कम्पनीकाे सेयर निष्कासन गरी बाँडफाँड गर्न लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा निर्माण गरीरहेको आयोजनाको ८० प्रतिशत बढी काम सकिएको छ । अबकाे ३ देखि ४ महिनामा आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

आयोजना सम्पन्न गर्न ९ अर्ब ५४ करोड रुपैयाँ  रुपैयाँ लागत अनुमान गरिएको छ । कुल लागतको ७५ प्रतिशत नबिल बैंकको अगुवाईमा ७ बैंकले ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत  स्वपुजी लगानी छ । 

बलेफी हाइड्रोले पनि ३६ लाख ५५ हजार कित्ता सेयर निष्कासन गर्ने

बलेफी हाइड्रो पावर कम्पनी लिमिटेडले  ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चाेकमा निर्माणाधीन ३६ मेगावाटको अप्पर बलेफी ‘ए’ जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ । बोर्डबाट स्वीकृति पाएपछि सेयर निष्कासन गरी बाँडफाँड गर्ने कम्पनीकाे तयारी छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले निर्माण गरिरहेकाे आयोजना अन्तिम चरणमा पुगेकाे छ । याे आयोजनाबाट चालू आर्थिक वर्षभित्र विद्युत उत्पादन सुरु गर्ने तालिका छ ।आयोजनाले उत्पादन गर्ने विद्युत लामाेसाँघु सबस्टेसनमा जाेडिनेछ । 

३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी रहने आयोजना सम्पन्न गर्न ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा ५ बैंकको ऋण लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit