विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण २५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेडका संस्थापक, कर्मचारी तथा स्थानीय प्रभावितका नाममा रहेको सेयरको ‘लक इन’ अवधि समाप्त हुन लागेको छ । कम्पनीको ६० लाख ३० हजार ६२८ कित्ता सेयरको लक इन अवधि चैत २८ गते समाप्त हुन लागेको हो ।

यस मध्ये ५३ लाख २० हजार कित्ता संस्थापक, ६ लाख ७८ हजार ६०० कित्ता स्थानीय प्रभावितको र ३२ हजार २८ कित्ता कम्पनीका कर्मचारीको नाममा रहेको छ ।

कम्पनीले २०७९ चैत २९ गते सर्वसाधारणमा सेयर बाँडफाँट गरेको थियो । उक्त मितिदेखि ३ वर्षसम्म संस्थापक, कर्मचारी तथा स्थानीय प्रभावितलाई वितरण गरिएको सेयर कारोबार गर्न नमिल्ने धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को दफा ३८ (१) को नियमअनुसार उक्त सेयर ‘लक इन’मा रहेको थियो ।

नियम अनुसार अवधि पूरा भएपछि आउँदो चैत २९ गतेदेखि धितोपत्र बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उक्त सेयरको कारोबार गर्न पाइने छ । यद्यपि, संस्थापक मध्ये सञ्चालक सदस्य तथा उच्च तहमा बहाल कर्मचारीले भने पदमा रहेको बखत र पदबाट हटेको एक वर्षसम्म उक्त कम्पनीको सेयर खरिद–बिक्री गर्न नपाउने व्यवस्था छ ।

कम्पनीले दोलखामा सुरी खोला ६.४ मेगावाट र माथिल्लो सुरी खोला ७ मेगावाटका जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३