images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सर्वसाधारणले चिरख्वा हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असोज २३ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि साँझ ५ बजेबाट सकिन लागेको हो । 

जारी पूँजी ४० करोडको ३० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर मध्येको १० प्रतिशत अर्थात ४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरी बाँडफाँड गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधारणका लागि निष्कासन गरिने ६ लाख ६४ हजार कित्तामा स्थानीयमा अवितरित १ लाख ९५ हजार ३ सय कित्ता समेत थप गरी जम्मा ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम  १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न आरबिबि मर्चेन्ट बैकिङग् लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । 

कम्पनीको ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत आयोजना सञ्चालनमा छ । आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रहेको छ भने प्रति मेगावाट लागत २१ करोड २३ लाख ४० हजार ४ सय २६ रूपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit