विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्ला केही दिन यता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई विद्युतसम्बन्धी पूर्वाधार (प्रसारण लाइन तथा सबस्टेसन) काे उद्घाटन गर्न भ्याईनभ्याई छ । चैत ४ गते मात्र कपिलवस्तुस्थित माेतिपुर सबस्टेसन उद्घाटन गरेकी भुसाल भाेलि (चैत ७ गते) रुकुम पश्चिममा निर्माण सम्पन्न भएको ३३/११ केभी मुसिकोट सबस्टेसन उद्घाटन गर्न जाँदै छन् ।

उक्त स्वचालित सबस्टेसन साेमबार मन्त्री भुसालले उद्घाटन गर्ने कार्यक्रम तय भएकाे नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए । उनका अनुसार २०७५ सालमा निर्माण सुरु भएकाे सबस्टेसन गत फागुन पहिलाे सातादेखि सञ्चालनमा अाइसकेकाे छ ।

‘उद्योग र घरयासी ग्राहकले पाउने विद्युत सेवाको गुणस्तर सुधार तथा प्रणालीको स्तरोन्नति गर्न यस सबस्टेसनकाे निर्माण गरिएकाे हाे’, उनले ऊर्जा खबरसँग भने, ‘सबस्टेसन चार्ज भएसँगै भोल्टेजमा सुधार, ट्रिपिङमा कमी, चुहावट नियन्त्रण लगायत पक्षमा सुधार देखिएकाे छ, स्थानीयले माग अनुसार विद्युत पाएका छन् ।’

सबस्टेसन चार्ज भएपछि रुकुम पश्चिम र रुकुम पूर्वमा गुणस्तर विद्युत वितरण भएको छ । साथै, जाजरकोटको केही स्थानमा पनि गुणस्तर विद्युत वितरण भएको भट्टराईले बताए । यसअघि सल्यानको शितलपाटी सबस्टेसनबाट ११ केभी फिडर तानी विद्युत आपूर्ति गरिएको थियो । लाइनको लम्बाई अत्याधिक लामो भएकोले सामान्य अवस्थामा समेत विद्युत आपूर्तिमा समस्या आउने गरेको थियो ।

फिडर ओभरलोड र ट्रिपिङ हुने समस्या पनि अत्याधिक थियो । मुसिकोट सबस्टेसन सञ्चालनमा आएपछि समस्या समाधान भएको छ । सबस्टेसनमा ४ वटा फिडर निकालिनेछ । अहिले एउटा मात्र फिडर निकालिएको भट्टराईले बताए । एक साताभित्र थप २ वटा फिडर निकालिनेछ । आयोजनाको काम ३ वर्ष अघिदेखि नै सुरु भएको हो । तर, विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण केही समय ढिला भएको केन्द्रले जनाएको छ । आयोजना सम्पन्न गर्न ८ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ । केन्द्र अन्तर्गत १५ हजार ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit