विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेशको बागलुङ र लुम्बिनी प्रदेशको गुल्मी भएर बग्ने बडिगाड खोलामा अघि बढाउन लागिएको २४.६ मेगावाटको बडिगाड जलविद्युत आयोजनाको प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) सम्पन्न भएको छ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले अघि बढाएको आयोजनाको प्रसारण सम्झौता गरिएको हो ।

आयोजनाको प्रसारण सम्झौता सम्पन्न भई उत्पादन अनुमति प्राप्त गर्ने क्रममा रहेको कम्पनीका प्रबन्ध सञ्चालक आत्मराम घिमिरेले बताए । ‘बडिगाडसँगै १.६ मेगावाटको लोदो खोला साना जलविद्युत आयोजनाको पनि अध्ययन पूरा भएको छ’, उनले भने, ‘यो आयोजनाको पनि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) हुने क्रममा छ ।’

बडिगाडको मूख्य संरचना बडिगाड खोलाको बाँया किनारामा पर्दछ । खालामा बाँध बाँधी खोलाको बाँयापट्टिबाट निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको ६.९८ किलोमिटर हेडरेस सुरुङ हुदै ३७६ मिटर पेनस्टक पाइपमार्फत विद्युतगृहमा पुर्याइनेछ ।

विद्युतगृहमा जडान भएको ३ वटा टवाईनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाको सबै काम पूरा गरेर २०८४ साल भदौभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजनाबाट वार्षिक १४५.७३४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

उत्पादीत विद्युत ८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको बुर्तिवाङ सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

यो कम्पनीको अहिले २५ मेगावाटको माथिल्लो दोर्दी–ए जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७९ मंसिर १७ गतेबाट व्यापारीक उत्पादन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit