images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दार्चुलामा २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने भएको छ । जिल्लाको मर्मा गाउँपालिकामा दार्जुला पावर प्रालिले आयोजना निर्माण गर्न लागेको हो ।

करिब ६ अर्ब २३ करोड रुपैयाँ लगानीमा आयोजना निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (इआईए) तयार भएको छ ।

प्रतिवेदनअनुसार आयोजनाले वर्षायाममा ११८.५२ गिगावाट घन्टा र सुख्खायाममा ६७.१० गिगावाट घन्टा विद्युत गरी समग्रमा १८५.६२ गिगावाट घन्टा बिजुली उत्पादन हुनेछ ।

आयोजना निर्माणका लागि ३६.२९६४ हेक्टर क्षेत्रफल जग्गा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । आयोजनाले ओगट्ने जमिन र एसपीएएफको लागि ६ करोड ५१ लाख १७ हजार रुपैयाँ खर्च हुने लागत अनुमान गरिएको छ ।

त्यसैगरी, निजी रुख कटानको क्षतिपूर्तिमा ५ लाख १० हजार रुपैयाँ, एक सिजनको अन्नको क्षतिपूर्ति ५४ लाख ६९ हजार रुपैयाँ, वातावरण प्रभाव न्यूनिकरण र व्यवस्थापनका लागि ३ करोड ९४ लाख ६६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

साथै, ५४ लाख ६९ हजार रुपैयाँ वातावरण अनुमान लागत गरी र २५ लाख रुपैयाँ वातावरणीय परिक्षण लागत गरी ११ करोड ६० लाख ३३ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ । आयोजना निर्माण सुरु भएको ३ वर्षमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit