विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोरोना महामारीको विषम परिस्थितिमा नेपाल विद्युत् प्राधिकरणले आफ्ना जलविद्युत् केन्द्रबाट ६७ वटा अक्सिजन सिलिन्डरको विवरण तयार पारेको छ । यी सिलिन्डरहरू मागअनुसार नजिकका स्वास्थ्य संस्था तथा अस्पताललाई उपलब्ध गराउने तयारी भइरहेको छ ।

देशका विभिन्न जिल्लामा साना ठूला गरी प्राधिकरणका साढे २ दर्जन जलविद्युत्गृह सञ्चालनमा छन् । ती मध्ये एक दर्जन विद्युत्गृहमा रहेका अक्सिजन सिलिन्डर जिल्ला तथा स्थानीय अस्पताल वा जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन प्राधिकरणले सर्कुलर जारी गरेको थियो ।

१४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा ३ भरी सहित ९ वटा सिलिन्डर छन् । ती मध्ये एउटा भरी र ४ वटा खाली सिलिन्डर बैशाख २४ गते नै कालीगण्डकी गाउँपालिकाले सञ्चालन गरिरहेको ‘कालीगण्डकी अस्पताल’लाई कोरोना महामारी सकिएपछि फिर्ता गर्ने गरी उपलब्ध गराएको छ ।

प्राधिकरणका अनुसार मस्र्याङ्दी र मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रमा क्रमशः १२ भरि, ५ वटा खाली र ५ वटा भरि र ३ वटा खाली सिलिन्डर छन् । यस्तै, कुलेखानी पहिलोमा एउटा भरि ३ वटा खाली, कुलेखानी दोस्रोमा एउटा भरि २ वटा खाली सिलिन्डर छन् । ती मध्ये दुई वटा सिलिन्डर जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई उपलब्ध गराइएको छ ।

उता ३० मेगावाटको चमेलिया जलविद्युत् केन्द्रमा पनि एउटा भरि र एउटा खाली सिलिन्डर रहेको जनाइएको छ । सञ्चालनमा रहेका सुनकोसी, चतरा, पनौती, मोदी, त्रिशूली, पुवा खोला, गण्डकलगायत मझौला जलविद्युत् केन्द्रमा रहेका अक्सिजन सिलिन्डरको विवरण तयार गरिएको छ । ती सिलिन्डरहरू सम्बन्धित जिल्ला प्रशासन, नजिकका स्वास्थ्य संस्था वा अस्पताललाई उपलब्ध गराउने तयारी भइरहेको छ ।

सुनकोसी जलविद्युत् केन्द्रमा रहेका ९ वटा सिलिन्डरहरू सबै नै बाह्रबीसे अस्पताललाई उपलब्ध गराइएको छ । यस्तै, त्रिशूली, मोदीमा रहेका सिलिन्डर त्रिशूली र पर्वत अस्पताललाई हस्तान्तरण गरिएको छ । पनौंनी, गण्डक र चतरा विद्युत् केन्द्रको स्थानीय कोभिड केच्द्रलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit