विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रदेश नम्बर १ का विभिन्न जिल्लामा ५ हजार मेगावाट बढी क्षमताका जलविद्युत आयोजनाहरूको अध्ययन भइरहेको छ । प्रदेशको १४ वटा जिल्लामा पहिचान भएका आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन अध्ययन भइरहेको हो ।

विद्युत विकास विभागका अनुसार विभिन्न  जिल्लामा पहिचान भएका ५०७० मेगावाटका आयोजनाको अध्ययन भइरहेको छ । २०७९ असार १५ गतेसम्मको विवरण अनुसार विभिन्न क्षमताका आयोजनाले अनुमति लिई अध्ययन अघि बढाएका छन् ।

प्रदेशको इलाम, झापा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, धनकुटा, खोटाङ, मोरङ, ओखलढुङ्गा, सुनसरी र उदयपुर जिल्लामा पहिचान भएका आयोजनाले अध्ययन अनुमति लिएको विभागले जनाएको छ ।

अध्ययन भइरहेका आयोजनामध्ये ५ मेगावाट बढी क्षमताका २३४० मेगावाटका आयोजनाले अध्ययन अनुमति लिएको विभागले जनाएको छ । यस्तै, १०० मेगावाटदेखि ५ सय मेगावाट क्षमतासम्मका १६७० मेगावाट क्षमतासम्मका आयोजनाले, २५ देखि  १०० मेगावाट क्षमतासम्मका ६८४ मेगावाटका आयोजनाले, ५ देखि २५ मेगावाट क्षमतासम्मका ३६६ मेगावाटका आयोजनाले र ५ मेगावाटभन्दा कम क्षमताका १० मेगावाटका आयोजनाले अध्ययन अनुमति पाएको तथ्याङकमा उल्लेख छ ।

यही प्रदेशमा असार १५ गतेसम्ममा ९४१ मेगावाटका आयोजनाले अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागिका आवेदन दिएको विभागले जनाएको छ । अध्ययन पूरा भएका आयोजनामध्ये १०० मेगावाटदेखि ५०० मेगावाट क्षमतासम्मका ६३५ मेगावाटका जलविद्युत आयोजना रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । यस्तै, २५ मेगावाटदेखि १०० मेगावाटसम्मका २२० मेगावाटका आयोजना, ५ देखि २५ मेगावाटका  ८३ मेगावाटका आयोजना र ५ मेगावाटभन्दा कम क्षमताका ३ मेगावाटका आयोजनाको अध्ययन सकिएको छ । यी आयोजनाले उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएका छन् ।

यो प्रदेशमा हालसम्मा २४८२ मेगावाटका आयोजनाले उत्पादन अनुमति लिई निर्माण प्रक्रिया अगाडी बढाएका छन् । १०० मेगावाटदेखि ५०० मेगावाट क्षमता सम्मका ४१३ मेगावाटका आयोजनाले उत्पादन अनुमति पाएको विभागको तथ्याङ्कमा उल्लेख छ ।  २५ मेगावाटदेखि १०० मेगावाट सम्मका ७८७ मेगावाटका आयोजना, ५ मेगावाटदेखि २५ मेगावाट सम्मका ३७० मेगावाटका आयोजना र ५ मेगावाट भन्दा कम क्षमताका १२ मेगावाटका आयोजनाले उत्पादन अनुमति पाएको विभागले जानकारी दिएको छ ।

हालसम्मका यी प्रदेशका विभिन्न जिल्लाबाट करिब ३७० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit