विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिल्टन हाइड्रो इनर्जी कम्पनीले १२ मेगावाटको सुपर काबेली खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । ताप्लेजुङको काबेली खोलामा पहिचान भएको आयोजना कम्पनीले अगाडी बढाएको हो । 

यो आयोजनाको अध्ययन पूरा भइसकेको छ । कम्पनीले आयोजनाको निर्माण सुरु गर्न उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । कम्पनीले गत असार २२ गते उत्पादन अनुमतिपत्रका लागि विभागमा आवेदन दिएको हो ।

विभागले उत्पादन अनुमति दिएपछि मात्रै आयोजनाको निर्माण प्रक्रिया अघि बढ्नेछ । यो आयोजनाको संरचना ताप्लेजुङको खेवाङ, ममाङ्खे र यामफुदीनमा निर्माण हुनेछन् । 

कम्पनीले २०७४ जेठ ३ गते विभागबाट अध्ययन अनुमति लिई आयोजनाको अध्ययन सुरु गरेको थियो । अहिले उत्पादन अनुमतिपत्र लिन ३७ जलविद्युत कम्पनीले विभागमा आवेदन दिएका छन् । यी कम्पनीले अघि बढाएका यी जलविद्युत आयोजनाको जडित क्षमता २ हजार ३ सय ८९ मेगावाट छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit