विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । झापा इनर्जी लिमिटेडले प्रदेश नम्बर १ को झापाको शिवसताक्षी नगरपालिकामा निर्माणाधीन सौर्य आयोजनाको १० मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोड्न ३३ केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ ।

कम्पनीले लाइनको अध्ययन पूरा गरेर निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले कम्पनीको नाममा निर्माण अनुमति जारी गर्न ३५ दिने सूचना जारी गरेको छ । लाइन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सूचना जारी भएको ३५ दिनभित्र आफ्नो लिखित राय/सुझाव कम्पनी वा विभागको कार्यालयमा प्राप्त हुने गरी पठाउनुपर्नेछ ।

लाइन आयोजनाको स्विचयार्डदेखि सोही नगरपालिकामा अवस्थित नेपाल विद्युत प्राधिकरणको बुलुचोक सबस्टेसनसम्म निर्माण हुनेछ । लाइनमा २३ वटा पोल निर्माण हुनेछ । लाइनको काम १ महिनाभित्र पूरा गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit