विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रामेछाप र ओखलढुंगाको सीमामा निर्माणाधीन तल्लो लिखु जलविद्युत आयोजनाको २८.१ मेगावाट विदुयत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु भएको छ । जलविद्युत आयोजनाको प्रवर्द्धक श्वेत–गंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निर्माण गरेको लाइनको परीक्षण सुरु भएको हो ।

बुधबार (असोज २६ गते) बाट विद्युतगृहदेखि लिखु तामाकोसी गाउँपालिको वडा ४, ५, ६, ७ र मन्थली नगरपालिकाको वडा नम्बर १२, १३ हुँदै नेपाल विद्युत प्राधिकरणको न्यू–खिम्ती सबस्टेसनसम्मको २३ किलाेमिटर लामाे १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले लाइन परिक्षणको काम सुरु गरेकोले टावर तथा तारमुनी नगइदिन, पशुपंक्षि नछाड्न , छेउछाउमा अग्ला रुखहरू छ भने सम्पर्क व्यक्तिहरूलाई जानकारी गराउन अनुरोध गरेको छ ।

कम्पनीले रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु नदीमा निर्माण गरीरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको बाँध क्षेत्र, सुरुङको काम पूरा भएको छ । विद्युतगृहको सिभिल संरचनाको काम पूरा गरी इलेक्ट्रोमेकानिल उपकरण जडानको काम भइरहेको छ ।

आयोजना सम्पन्न गर्न कूल ६ अर्ब ३७ करोड २० लाख रुपैयाँ लागत अनुमान गरिएको छ  ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit