images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत् नियमन आयोगले दुई जलविद्युत् कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ । आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र दोर्दी खोला जलविद्युत् कम्पनीलाई हकप्रद निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गरेको हो ।

यी कम्पनीले आयोगमा १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका थिए । सोही आधारमा अनुमति प्रदान गरेको छ ।

राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनकाे चुक्ता पुँजी ६१ करोड २७ लाख रुपैयाँ छ । आयोगले यसको शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृती दिएको हो । कम्पनीले ५ मेगावाटको रुकुम गाड जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

यस्तै, दोर्दी खोलालाई पनि सोही अनुपातमा हकप्रद निष्कासन गर्न आयोगले स्वीकृति प्रदान गरेको छ । कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न कम्पनीले पूर्वस्वीकृति पाएको हो । कम्पनीले १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

आयोगबाट स्वीकृति पाएका यी कम्पनीहरूले साधारण सभाबाट हकप्रद निष्कासन गर्ने प्रस्ताव अनुमोदन गर्नेछन् । धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गरिसकेपछि मात्र सेयरधनीका लागि सेयर निष्कासन गरी बाँडफाँड गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit