विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत नियमन आयोगले ३ हाइड्रो पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन अनुमति दिएको छ । आयोगले ङादी ग्रुप पावर लिमिटेड, बरुण हाइड्रो पावर कम्पनी र राधी जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन अनुमति दिएको हो ।

ङादीले १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता र बरुण हाइड्रो पावरलाई २६ लाख ७९ हजार ७५ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको आयोगले जनाएको छ । 
आयोगका अनुसार ङादी ग्रुपले कुल चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सयको १ः१.५ को अनुपातले हुने १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न अनुमति दिइएको हो । कम्पनीको ५ मेगावाटको सिउरी खोला सञ्चालनमा छ ।

यस्तै, बरुण हाइड्रोले कुल चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १.१ को अनुपातमा २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको ४.४४५ मेगावाटको हेवा खोलाले विद्युत उत्पादन गरिरहेको छ ।

यस्तै, राधी विद्युत कम्पनीले आयोगबाट चुक्तापुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १ः१४७५२ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit