विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले २७० मेगावाटको भेरी–१ आंशिक जलाशय जलविद्युत् आयोजना विकास गर्न लागेको छ । कम्पनीले जाजरकोटको नालगाड नगरपालिका र रुकुमको आठबिसकोट नगरपालिकामा उक्त आयोजना निर्माण गर्न लागेको हो । यसका लागि उत्पादन अनुमति पत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिई प्रक्रिया अघि बढाएको छ । 

कम्पनीका अनुसार आयोजना अन्तर्गत भेरी नदीको पानी फर्काउन ज्यामिरे गाउँभन्दा करिब १ किमि तल्लोतटमा २५१.९ मिटर लामो र ३८.५ मिटर अग्लो बाँध निर्माण गरिने छ । यो बाँधले माथिल्लो तटतर्फ झन्डै ३ किलोमिटर लम्बाइमा जलाशय बनाउँछ । उक्त नदीमा बन्ने जलाशयको पानीलाई नदीको दायाँपट्टी रहेको २ हजार ५०७ मिटर लामो र ३३.६ मिटर चौडा २ वटा इन्टेक मार्फत २७५ मिटर लम्बाइको भूमिगत बेसिनमा झारेर ७ हजार १५८ मिटर लामो सुरुङ र ८१८ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युत्‌गृहमा पु¥याइने छ ।

आंशिक जलाशयबाट आयोजनालाई दैनिक ६ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिने छ । तल्लो गाउँभन्दा करिब १.२ किमी तलपट्टी भेरी नदीको दायाँ किनारातर्फ ७४.५ मिटर लम्बाइ तथा २८.८ मिटर चौडा भएको सतही विद्युत्‌गृह निर्माण गरिने छ । विद्युत् गृहमा ९० मेगावाट क्षमतका ३ वटा उत्पादन युनिट रहने छन् । आयोजनाबाट वार्षिक औसत १५६७.३१ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने छ ।

आयोजनाबाट उत्पादन भएको विद्युत् करिब २० किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माणका लागि प्रस्ताव गरेको नलगाड सबस्टेसनमा जडान गरिने छ । आयोजनाको निर्माण २०८९ को असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३