विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन १३२ केभी बुटवल–लुम्बिनी प्रसारण लाइन सञ्चालनमा आउन अझै ३ महिना लाग्ने भएकाे छ । काेराेना (काेभिड-१९) महामारीका कारण लक्ष्यभन्दा ५ महिना ढिलाे भइसकेकाे प्रसारण लाइन आगामी माघ महिनाभित्र सञ्चालनमा आउने भएकाे हाे ।

प्रसारण लाइनकाे १५ प्रतिशत निर्माण अझै बाँकी रहेकाले सञ्चालनमा आउन ३ महिना लाग्ने देखिएकाे आयोजना प्रमुख हरी पाण्डेले बताए । उनका अनुसार प्रसारण लाइनकाे ८५ प्रतिशत पूरा भइसकेकाे छ ।

बुटवलदेखि लुम्बिनीसम्म पर्ने २० किलोमिटर लामो प्रसारण लाइनको ५६ वटा टावरको जग खन्ने काम पूरा भएको उनले बताए । उनका अनुसार प्रसारण लाइनकाे ३१ वटा टावर ठड्याएर सकिएको छ ।

बाँकी २६ वटा टावर मंसिरभित्र खडा गरी सक्ने याेजना रहेकाे उनले बताए । प्रसारण लाइनकाे रुटमा कूल ५७ वटा टावर निर्माण हुनेछन् । २ किलोमिटर प्रसारण लाइन भूमिगत रहनेछ। भूमिगत प्रसारण लाइनकाे काम मंसिरभित्र सुरु गर्ने याेजना रहेकाे पाण्डेले जानकारी दिए । 

‘याे प्रसारण लाइनकाे काम गत असारमानै सम्पन्न गरी सञ्चालनमा ल्याइसक्नु पर्ने तालिका थियाे,’ उनले ऊर्जा खबरसँग भने,’ तर, ‘कोरोना महामारीकाे दाेस्राे लहरका बेला लगाइएको निशेधाज्ञा अवधिमा उपकरण आयात हुन नसक्दा काम सम्पन्न हुन सकेन र सञ्चालन तालिका धकेलिन पुगेकाे छ।’ 

निशेधाज्ञा हटिसकेकाे र उपकरण पनि आयात भइसकेकोले अहिले प्रसारण लाइन निर्माणको कामले गति लिएको उनले बताए । प्रसारण लाइन अन्तर्गत निर्माण भइरहेको मैनहिया सबस्टेनको काम पनि अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा अब पावर ट्रान्सफर्मर जडान गर्न मात्र बाँकी छ ।

भारतबाट आगामी पुस दोस्रो साताभित्र सबस्टेसनमा जडान हुने २ वटा ट्रान्सफर्मर आइपुग्ने उनले बताए । सबस्टेसनमा जडान हुने पावर ट्रान्सफर्मर भारतकाे सिजिएल कम्पनीबाट ल्याउन लागिएकाे हाे । यसअघि आइएमटी कम्पनीबाट ल्याउने सम्झौता भएपनि कम्पनीले ढिला गरेकोले ठेक्का तोडेर सिजिएललाई दिइएको पनि पाण्डेले बताए ।

प्रसारण लाइन निर्माणको जिम्मा चीनको टिबिइए साङदोङ लुनेङ ताइसान र नेपालको जोशी एण्ड मुडबरी कम्पनीले संयुक्त रूपमा गरिरहेका छन् । सबस्टेसनकाे काम हाइटेनशन स्वीचगेयर कम्पनीले गरिरहेको छ ।

प्रसारण लाइन सम्पन्न गर्न १ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रसारण लाइन तयार भएपछि बुटवल लुम्बिनी क्षेत्रमा गुणस्तरीय विद्युत सेवा दिन सकिने प्राधिकरणले जनाएको छ ।

प्रदेश–५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का उद्योगमा विद्युत सेवा गुणस्तरीय र दिगो बनाउने गरी  वा भैरहवा–लुम्बिनी औद्योगिक करिडोरलगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन विस्तार थालिएको थियो ।

यो प्रसारण लाइन निर्माण हुँदा रुपन्देहीको भैरहवा क्षेत्रका उद्योग र सर्वसाधारणले नियमित गुणस्तरीय विद्युत सेवा पाउने प्राधिकरणको दाबी छ । लाइन सञ्चालनमा आएपछि चुहावट घट्नुका साथै प्रसारण क्षमता सुदृढ हुनेछ । यो लाइन पूरा भएपछि यसबाट २ सय मेगावाट विद्युत प्रवाह  गर्न सकिने प्राधिकरणले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit