विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बाराही हाइड्रो पावर कम्पनीको सेयर किन्न दुइ दिनमै १५ गुणा बढी आवेदन परेको छ । कम्पनीले मंसिर (२१ गते) देखि सर्वसाधारणका लागि निष्कासन गरेको सेयरमा बिहीबार कार्यालय समयसम्म उक्त आवेदन परेकाे हाे ।

बिहीबारसम्म ६ लाख आवेदकले ७५ लाख कित्ता सेयरका लागि आवेदन दिएकाे बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमिटेडले जनाएकाे छ । कम्पनीले सय रुपैयाँ अंकित ५ करोड ५४ हजार रुपैयाँ बराबर ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको थियो । स्थानीयमा आवेद प्राप्त नभएका बाँकी १ लाख ४ हजार कित्ता सेयरसििहत सर्वसाधारणका लागि जम्मा ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको हो । 

निष्कासित सेयरमध्ये ५ प्रतिशत हुन आउने अर्थात २७ हजार ७ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र २ प्रतिशत हुन आउने अर्थात ११ हजार कित्ता सेयर कम्पनीको कर्मचारीका लागि छुट्याएको छ । बाँकी, ५ लाख १५ हजार २ सय २० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो । 

सर्वसाधारणले न्यूनत्तम १० कित्तादेखि अधिकत्तम १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा मंसिर २६ गतेसम्म र ढिलोमा पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइबिएल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको बग्लुङमा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७५ असार देखि विद्युत उत्पादन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit