विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख ३०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ट्रान्सवेल्ड ट्रान्सफर्मर कम्पनीले २५ वर्षको अवधिमा १० हजार बढी पावर ट्रान्सफर्मर निर्माण गरेको छ । कम्पनीले सन् १९९५ देखि हालसम्मका सो ट्रान्सफर्मर निर्माण गरी जडान गरेको हो ।

भारत, चाइनालगायत देशबाट आवश्यक उपकरण आयात गरी नेपालमै १० हजार बढी ट्रान्सफर्मर उत्पादन गरी बिक्री गरेको कम्पनीका बजार व्यवस्थापक अनिल अर्यालले बताए । उनका अनुसार कम्पनीले १५ केभीएदेखि २००० केभीए क्षमतासम्मको पावर ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ ।

‘हामीले २ लाख ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको ट्रान्सफर्मर उत्पादन गर्छौ,’ उनले भने, ‘नेपाल विद्युत प्राकिरणले विद्युत सेवा विस्तार गर्ने औद्योगिक क्षेत्र, जलविद्युत आयोजना, लघु जलविद्युत आयोजना, होटल, हस्पिटल, विद्यालय, अर्पामेन्ट, ग्रामीण क्षेत्र, बैकलगायतका लागि प्रयोग हुन्छ ।’

ट्राम्सफर्मर बिक्री भएको ३ वर्षसम्म वारेन्टी हुन्छ भने लाइफटाइम प्राविधिक सहयोग गरिने अर्यालले बताए । कम्पनीले ट्रान्सफर्मरको थप प्रवर्द्धन र प्रचारप्रसारका लागि बिहीबार (मंसिर २२ गते) देखि नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजनाको गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ एक्स्पोमा प्रदर्शनीमा राखेको छ ।

पहिलो दिन मात्र करिब २०० बढीले भ्रमण गरेका छन् । ‘यो ट्रान्सफर्मर भनेको साधारण मानिसका लागि होइन्,’ उनले भने, ‘निजी विद्युत उत्पादक, इन्जिनियर, सम्बन्धित विज्ञ, प्राधिकरणका कर्मचारी, प्रसारण लाइन तथा जलविद्युत आयोजना निर्माणकर्ताले भ्रमण गरेका छन् ।’

कम्पनीले प्रर्दशनीमा १०० केभी र १६०० केभीको पावर ट्रान्सफर्मर राखेको छ । ‘एक्स्पो आइतबारसम्म चल्ने भएकोले करिब एक हजार जनाले स्टल भ्रमण गर्ने विश्वास छ’ उनले भने ।

विद्युत तथा विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि प्रर्दशनी गरिएको हो । प्रर्दशनी हल भित्र ४९ वटा ब्लकहरू र हल बाहीर २६ वटा स्टलहरू गरि जम्मा ७५ वटा प्याभिलियन तथा स्टलहरू रहेका छन् ।

नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरू, ट्रान्समिसन  तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरू, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit