विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले आगामी ५ वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट पुर्याउने घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार (पुस २५ गते) आयोजित कार्यक्रममा ‘नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरी उक्त घोषणा गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा सत्ता साझेदार दलहरूका तर्फबाट सार्वजनिक कार्यक्रममा उत्पादनसँगै प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट घण्टा (युनिट) पुर्याउने लक्ष्य राखेको छ । यस्तै, कार्यक्रममा मार्फत गार्हस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिट बिजुली निशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

विद्युत् महसुललाई सर्वसाधारणले व्यहोर्न सक्नेगरी समायोजन गर्ने, २ वर्षभित्र शतप्रतिशत जनसङख्यामा विद्युत पहुँच पुर्याउने घोषणा गरेको हो । विद्युत् उत्पादन विस्तार मार्फत आर्थिक वृद्धिदर बढाउने, विद्युतीकरणमार्फत आमनागरिकको जीवन सहज तुल्याउने घोषणा गरेको छ ।

इन्धनमाथिको परनिर्भरता न्यून गर्ने, मुलुकको औद्योगीकरणमा टेवा पुर्याउने र नवीकरणीय ऊर्जाको प्रयोगमार्फत वातावरणमा सुधार ल्याउने लक्ष्य निर्धारण गरेको छ ।

सरकारले निर्माणाधीन जलविद्युत् आयोजनाहरू समयमै सम्पन्न गरी जलविद्युत् निर्यातमा वृद्धि गर्ने र राष्ट्रिय आय बढाउने तथा  वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit