विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मोरङको उर्लाबारीमा निर्माण गरेको ३३/११ केभीको ऊर्लाबारी सबस्टेसन चार्ज गरेको छ । जिल्लाको विद्युत आपूर्तिको गुणस्तर सुधार तथा स्तरोन्नति गर्ने उदेश्यले निर्माण भएको सबस्टेसन आइतबारदेखि चार्ज भएको हो ।

हिजो (आइतबार) देखि लोड दिएर चार्ज गरिएको वितरण प्रणाली सुदृढिकरण तथा विस्तार आयोजनाका सहायक इन्जिनियर दुर्गादत्त सुवेदीले बताए । उनका अनुसार सबस्टेसनको काम ९ महिना अघि नै पूरा भएको थियो, तर, स्थानीयले अवरोध गरेर लाइनको काम गर्न नदिदाँ ढिला भएको हो । 

‘स्थानीयले १७ किलोमिटर लामो ३३ केभी लाइनमा तार तान्न नदिई अवरोध गरेका थिए,’ उनले ऊर्जाखबरसँग भने, ‘जिल्ला प्रशासनलगायत स्थानीयसँग छलफल, सहकार्य गरी तार तानेर सबस्टेसन चार्ज गरिएको छ ।’

आइतबार सबस्टेसनबाट एउटा मात्र फिडर निकालिएको छ । आज (सोमबार) थप एउटा फिडर सञ्चालन गरिनेछ । बाँकी एउटा फिडर सञ्चालन गर्न डेढ हप्ता लाग्ने सुवेदीले बताए ।

उद्योग र घरयासी ग्राहकले पाउने विद्युत सेवाको गुणस्तर सुधार तथा प्रणालीको स्तरोन्नति गर्न सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको प्रँधिकरण ऊर्जाबारी वितरण केन्द्र प्रमुख पवन कुमार शालले बताए । उनका अनुसार सबस्टेसन चार्ज भएसँगै भोल्टेजमा सुधार, ट्रिपिङ घट्ने, चुहावट घट्ने साथै विद्युत बिक्री बढ्नेछ । उद्योगी र स्थानीयले माग अनुसारको विद्युत पाउनेछन् ।

यसअघि झापाको दमकबाट २ वटा ११ केभी फिडरमार्फत विद्युत आपूर्ति गरिएको थियाे । लाइनको लम्बाइ अत्याधिक भएकोले सामान्य अवस्थामा समेत विद्युत आपूर्तिमा समस्या आउने गरेको थियाे ।  फिडर ओभरलोड र ट्रिपिङ हुने समस्या पनि अत्याधिक थियाे । ऊर्लाबारी सबस्टेसन सञ्चालनमा आएपछि समस्या समाधान भएकाे छ ।

आयोजनाको काम ४ वर्ष अघिदेखि नै सुरु भएको हो । तर, विश्वव्यापी रुपमा फैलिएको महामारी र स्थानीयको अवरोधका कारण २ वर्ष ढिला भएको हो। आयोजनाको काम २ वर्ष अघि नै पूरा गर्ने लक्ष्य थियो ।

केन्द्रबाट ४२ हजार ९ सय ३९ ग्राहकले सेवा लिइरहेका छन् । केन्द्र अन्तर्गत १३.३ प्रतिशत चुहावट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit