विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले लिफ्ट प्रविधिबाट सञ्चालित खानेपानीहरूको विद्युत डिमाण्ड शुल्क हटाउने घाेषणा गरेकाे छ । सरकारले  ‘नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम’ मार्फत उक्त घाेषणा गरेकाे हाे ।

यस्तै, सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क उपलब्ध गराउने घाेषणा गरेकाे छ । सोमबार (पुस २५ गते) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कामर्यलयमा आयोजित कार्यक्रममार्फत ‘एक घर एक खानेपानीको धारा’ कार्यक्रम सञ्चालन गरी सबै नागरिकको घरमा स्वच्छ खानेपानी पुयाउने लक्ष्य छ ।

सरकारले पानी मात्र नभएर सबै पालिकामा खाद्य र आवास समेत जनताको मौलिक हकको रुपममा स्थापित गर्ने घोषणा गरेको हो । कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ का अवधारणा लागु गर्न कृषि उत्पादन वृद्धि र आपुर्तिमा व्यापक सूधार गर्ने जनाइएको छ । सबै पालिकामा खाद्य भण्डार स्थापना गर्ने र सबै प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना गरिनेछ ।

कामका लागि खाद्यन्न तथा नगद कार्यक्रमबाट प्रतिवर्ष एक लाख परिवार र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीन लाख परिवारलाई खाद्य सुरक्षा प्रदान गर्ने सरकारकाे घाेषणा छ ।नेपाली नागरिक सडक मानवको अवस्थामा सुनिश्चित गर्ने र आवासविहीनलाई सुरक्षित आवास र सुरक्षित मार्यादित जीवन उपलब्ध गराउने जनता आवास तथा सुरक्षित आवासका कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit