विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । सरकारले सुनकोसी–मरिन नदी स्थानान्तरण (डाइभर्सन) बहुउद्देश्यीय आयोजनाकाे सुरुङ खन्न आगामी आर्थिक वर्ष (२०७७/७८) का लागि २ अर्ब ४६ कराेड रुपैयाँ छुट्ट्याएकाे छ । अर्थ मन्त्री युवराज खतिवडाले बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै बजेट विनियाेजन गरेका हुन् ।

चालू वर्षमा आयोजनाको प्रारम्भिक काम तथा निर्माण प्रक्रिया सुरु गर्न २ अर्ब ५ करोड रुपैयाँ बजेटसमेत छुट्ट्याइएको थियाे । सुनकोसी नदीको पानी मरिनमा खसालेर सिँचाइ तथा जलविद्युत उत्पादन गर्ने उद्देश्यले अध्ययन भइरहेको छ ।

मरिन बागमती नदीको सहायक खोला हो । सुनकोसीबाट मरिनमा पानी खसालेपछि त्यो बागमतीमै मिसिन्छ । र, बारा, रौतहट, सर्लाही र महोत्तरीमा १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

सुनकोसीको पानी १३ किलोमिटर सुरुङ खनेर मरिनमा झारी ४३ मेगावाट विद्युत उत्पादन हुने पनि अध्ययनमा उल्लेख छ । अहिले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको जलस्रोत तथा सिँचाइ विभागले जानकारी दिएको छ । परामर्शदाताले डिपिआर पुनरावलोकन गरिरहेको आयोजनाको लागत ६९ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit