विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी भक्तपुर–ठिमी प्रसारण लाइनको काम साढे एक वर्षमा सम्पन्न गर्ने भएको छ । बागमति अन्तर्गत भक्तपुर जिल्लाको दूधपाटीस्थित भक्तपुर सबस्टेसनको बसबारदेखि सोही जिल्लाको पूरानो ठिमीमा प्रस्तावित ठिमी सबस्टेसनसम्मको लाइन १८ महिनामा पूरा गर्ने भएको हो ।

२८० मेगावाट विद्युत प्रवाह क्षमता भएको ३.२७ किलोमिटर लामो भूमिगत लाइन २०८० साउनभित्र सम्पन्न गर्ने गरी अघि बढाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अध्ययन पूरा भएको आयोजनाको निर्माण अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

विद्युत विकास विभागले कम्पनीको नाममा निर्माण अनुमति जारी ३५ दिने सूचना जारी गरेको छ । प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा प्रतिकुल असर पर्ने भएमा आगामी ३५ दिनभित्र विभागकाे कार्यालयमा आइपुग्ने गरी आफ्नो राय/सुझाव पठाउन स्थानीयसँग आग्रह गरेको छ ।

प्राधिकरणले यो लाइनसँगै भक्तपुर सबस्टेसनमा दुई वटा १३२ केभी लाइन बे एक्स्टेन्सन गरी स्तरोन्तति गर्ने कार्य र पूरा ठिमीमा नयाँ सबस्टेसन निर्माण गर्नेछ । लाइनमा ७ वटा ज्वाइन्ट्स पिट जडान हुनेछ ।

आयोजना निर्माणका लागि कूल ०.६५१७४ हेक्टन जमिन आवश्यक पर्नेछ जसमध्ये जडान खाडलका लागि ०.०१६८० हेक्टर जमिन स्थायी रुपमा र केवल ट्रेन्चका लागि ०.३८४९४ हेक्टर तथा भण्डारण तथा शिविरका लागि ०.२५ हेक्टर जग्गा अस्थायी रुपमा प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit