images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले विद्युत नियमन आयोगको रिक्त पदहरूमा अध्यक्षसहितका पदाधिकारी नियुक्ती प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गरी आयोगमा लामो समयदेखि रिक्त पद पूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले विद्युत नियमन आयोग ऐन,२०७४ को दफा ५ बमोजिम आयोगको १ जना अध्यक्ष, ३ जना सदस्य (एक जना महिलासहित) पदका लागि दरखास्त आह्वान गरेको हो । आयोगमा रिक्त पदमा नियुक्तीका लागि ऐनको दफामा तोकिए बमोजिमको न्युनतम योग्यता र अनुभव पूरा भएका इच्छुक व्यक्तिले दरखास्त दिन सक्ने सूचनामा भनिएको छ ।

रिक्त पदका लागि योग्य इच्छुक व्यक्तिले सूचना सार्वजनिक भएको मितिले १५ दिनभित्र ऐनको दफा ७ को उपदफा (१) मा भएको व्यवस्था बमोजिम दरखास्त दिनुपर्नेछ । योग्य व्यक्तिले दरखास्त दिँदा व्यक्तिगत विवरण, नोटरी पब्लिकबाट प्रमाणित शैक्षिक योग्यताको फोटोकपी, कार्यअनुभवको प्रमाणपत्र बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।

दरखास्त दिने योग्य व्यक्ति मध्येबाट कार्यायोजनाको मूल्याङ्कनमा छनोट भई संक्षिप्त सूचीमा परेका ५ जनालाई कार्ययोजना प्रस्तुतीका लागि सूचित गरिने पनि सूचनामा जनाइएको छ । विद्युत नियमन आयोग ऐनको दफा ९ मा भएको व्यवस्थाअनुसार काम नगरेको भन्दै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले गत पुस ८ गते आयोग पदाधिकारीलाई निलम्बन गरेकी थिइन् । त्यस यता आयोग पदाधिकारी बिहिन छ ।

मन्त्रीकाे निलम्बनपछि अध्यक्ष तथा सदस्यको कार्यक्षमताका सम्बन्धमा समिति गठन गरी छानबिन गरिएकाे थियाे । समितिले प्रतिवेदन तयार गरी मन्त्री भुसाललाई बुझाएकाे थियाे । लामाे समयदेखि पदाधिकारी बिहिन हुँदा आयोगबाट हुनुपर्ने कामहरू राेकिएका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit