विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले आवेदन दिएका २३ जलविद्युत कम्पनीलाई १ साताभित्र साधारण सेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्डलाई अल्मिेटम दिएको छ । इपान पदाधिकारीले आइतबार बोर्डका पदाधिकारीलाई भेटी अनुमति दिने प्रक्रिया तत्काल अगाडि बढाउन माग गरेका हुन् ।

अबको १ साताभित्र पाइपलाइनमा रहेका जलविद्युत कम्पनीलाई साधारण सेयर निष्कासन गर्न अनुमति नदिएमा सशक्त आन्दोलन गर्ने चेतावनी पनि इपान पदाधिकारीले दिएका छन् । साधारण सेयर निष्कासनका लागि बोर्ड आवेदन दिएर पालो कुरिरहेका जलविद्युत कम्पनीका सम्बन्धमा लामो समय बितिसक्दा पनि सुनुवाई नभएपछि इपान पदाधिकारी बोर्डका प्रतिनिधिलाई भेट्न पुगेका हुन् । 

बोर्डले सेयर निष्कासनको अनुमति समयमा नदिँदा निर्माणाधीन जलविद्युत आयोजनामा यसको गम्भिर प्रभाव परेको इपानको आरोप छ । ‘सेयर निष्कासन समयमा हुन नसक्दा रकम अभाव भई निर्माणाधीन आयोजनाको काम ठप्प हुने अवस्था आउन थालेको छ,’इपानले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘जसका कारण निर्माण अवधि लम्बिन गई लागत समेत बढ्दा आयोजना नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौती आएका छन् ।’

निर्माणाधीन जलविद्युत आयोजनाको काम निर्धारित लागत र समयमा सम्पन्न गर्न नसक्ने हो भने १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा पनि गम्भिर धक्का पुग्ने इपानको ठहर छ । राज्य र लगानीकर्ताको अरबौं रुपैयाँ नोक्सानी हुनुका साथै बैंक तथा वित्तीय संस्थाहरूमा पनि गम्भिर असर पर्ने भन्दै पाइपलाइनमा रहेका कम्पनीलार्ई चाँडो भन्दा चाँडो अनुमति दिन इपानले बोर्ड पदाधिकारीको ध्यानाकर्षण गराएको छ ।

इपानको ध्यानाकर्षणपछि बोर्ड पदाधिकारीले जलविद्युत कम्पनीको साधारण सेयर निष्कासनका लागि अनुमति दिने प्रक्रिया अगाडि बढिसकेको र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयका सचिवसँग छलफल भइरहेको आश्वासन इपान पदाधिकारीलाई दिएका थिए । बोर्डको नेतृत्व नहुँदा लामो समयदेखि सेयर निष्कासनका लागि आवेदन दिने कम्पनीले अनुमति पाउन सकेका छैनन् ।


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit