images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई जलविद्युत कम्पनीलाई सेयर निष्कासन अनुमति दिएको छ । बोर्डले माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड र चिरख्वा हाइड्रो पावर लिमिटेडलाई सेयर निष्कासन अनुमति दिएकाे हाे । 

माथिल्लो मैलुङखोल जलविद्युत लिमिटेडले जारी पूँजी २५ करोड रकम बराबरको सय रुपैयाँ अंकित २५ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले अब छिटै पहिलो चरणको सेयर निष्कासन तथा बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि निष्कासन गरिनेछ । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माणाधीन छन् । 

यसैगरी, चिरख्वा हाइड्रो पावर लिमिटेडले पनि सेयर निष्कासन अनुमति पाएको छ । कम्पनीले जारी पूँजी १२ करोड रकम बराबरको सयर रुपैयाँ अंकित १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको छ । 

कम्पनीले छिटै सेयर निष्कासन गरी बाँडफाँड गर्ने निर्णय गरेको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न आरबीबी मर्चेन्ट बैकिङग् लिमिटेडलाइ बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको भोजपुरको चिरख्वा खोलामा ४.७ मेगावाटको माथिल्लो चिरख्वा र ४.०७ मेगावाटको तल्लो चिरख्वा खोला जलविद्युत आयोजना निर्माणाधीन छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit