images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । १० मेगावाटको काबेली ‘बी’ १ क्यासकेड जलविद्युत् केन्द्रले उत्पादन सुरु गरेको छ । गत असारमा परेको वर्षापछिको बाढी पहिरोले क्षति पुर्‍याएपछि बन्द भएको केन्द्रले पुनःनिर्माणपछि उत्पादन सुरु गरेको हो ।

पाँचथरमा रहेको आयोजनाको मर्मत संभार गरी उत्पादन परीक्षण सुरु गरेको प्रवद्र्धक अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनीले जनाएको छ । बाढीले आयोजनाको पाइप, विद्युत‌्‌गृह लगायतका संरचनामा ठूलो क्षति पुर्‍याएको थियो ।

आयोजना बन्द हुँदा करिब ९ महिनाको अवधिमा १ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको कम्पनीले जानकारी दिएको छ । केन्द्रबाट मासिक १२/१३ करोड रुपैयाँको विद्युत् उत्पादन हुने गरेको थियो ।

जलविद्युत् केन्द्रमा बाढीले क्षति पुर्‍याएको ९ महिना बितिसक्दा पनि हालसम्म बीमा कम्पनीले दाबी भुक्तानी नदिएको कम्पनीको गुनासो छ । ‘बीमा कम्पनी धाउँदा–धाउँदा जुत्ता फाटिसक्यो, अहिलेसम्म भुक्तानी पाइएन,’ कम्पनीका एक अधिकारीले ऊर्जा खबरसँग भने, ‘नेपालमा बीमा नै नबुझेको मान्छेले बीमा कम्पनी चलाउँदा ४ वर्षअघिको कोभिड–१९ पिडितले त दाबी भुक्तानी पाएका छैनन्, ८/९ महिना अघिको अहिले नै के देलान र ?’

दाबी भुक्तानीका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले पनि पहल गरिरहेको छ । असारमा आएको बाढी पहिरोले ३१ जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो ।

काबेली ‘बी’ १ क्यासकेडको विद्युत् चैत १२ गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । यो आयोजना २५ मेगावाटको काबेली ‘बी’–१ जलविद्युत् आयोजनाको क्यासकेड हो । काबेली ‘बी’–१ को विद्युत‌्‌गृहबाट निस्कने सबै पानीको उपयोग हुने गरी यो आयोजना निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit