विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरको असरका कारण ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका प्रभावित हुने देखिएको छ । परीक्षण सुरु गर्न इलेक्ट्रोमेकानिकल उपकरण उत्पादन तथा आयातकर्ता कम्पनीका चिनियाँ प्राविधिक नेपाल आउन नसकेकाले आयोजनाको विद्युत उत्पादन धकेलिने देखिएको हो ।

आयोजना विद्युत उत्पादनको चरणमा पुग्न लागे पनि अहिले देशमा निशेधाज्ञा लागेकाले चिनियाँ प्राविधिक नेपाल आउन नसकेको प्रवर्द्धक न्यादी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए ।‘आयोजनाको परीक्षण सुरु गर्न चिनियाँ प्राविधिक नेपाल आउने भिसा प्रक्रिया सबै पूरा भइसकेको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘यही बेला देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएर निशेधाज्ञा लागेपछि उनीहरू पनि उतै रोकिए ।’

अहिले कोरोना संक्रमणको जोखिम उच्च रहेकाले चिनियाँ प्राविधिक कहिलेसम्ममा नेपाल आइपुग्ने हुन् भनेर अनुमान लगाउन नसकिने उनले बताए । चिनियाँ प्राविधिक आउन नसकेकै कारण विद्युत उत्पादन अवधि पनि लम्बिने देखिएको हो ।

आयोजनाको सिलिभतर्फको सबै काम सम्पन्न भइसकेको छ । बाँध क्षेत्रका संरचनामा पानी भरेर परीक्षण समेत सम्पन्न भइसकेको छ । मुख्य सुरुङको परीक्षण हुन बाँकी छ ।

पेनस्टककाे परीक्षण गर्ने क्रममा पानी भरेर हेर्दा सुरुङमा केही स्थानमा चुहावट देखिएकाले अहिले मर्मत भइरहेको प्रवर्द्धक न्यादी हाइड्रो पावर कम्पनीले जनाएको छ । मर्मत सकिएपछि अबको २ सातामा सुरुङमा पनि पानी भरेर परीक्षण गरिनेछ ।

विद्युतगृहमा उपकरण जडानको काम पनि पूरा भइसकेको छ । अहिले विद्युतगृह नजिकैको स्वीचयार्ड निर्माण भइरहेको अमात्यले जानकारी दिए ।२५ जना चिनियाँ कामदारले सामाजिक दुरी कामय गरी स्वीचयार्ड निर्माण गरिरहेका छन् ।

आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइनको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । ९ किलो िमटर लामो प्रसारण लाइनको २५ वटा टावरमध्ये ३ वटा मात्रै ठड्याउन बाँकी छ । अबको १० दिनभित्र प्रसारण लाइनको तार तान्न सुरु गरिने भएको छ ।

स्वीचयार्ड र प्रसारण लाइनको काम सम्पन्न गर्न अब डेढ महिना लाग्ने कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गर्ने विद्युत माथिल्लो मर्स्याङ्दी ‘ए’ को विद्युतगृहभन्दा केही तल १३२ केभी भुलभुले–मर्स्याङ्दी प्रसारण लाइनमा जोडिने भएको छ ।

यो आयोजनाको विद्युत २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाइन अन्तर्गतको खुदी सबस्टेसनमा जोड्ने गरी नेपाल विद्युत प्राधिकरणसाँग प्रसारण सम्झौता गरिए पनि प्रसारण लाइन तयार भइनसकेकाले वैकल्पिकरूपमा भुलभुले–मस्र्याङ्दी लाइनमा प्रवाह गर्न लागिएको हो ।

आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक १६८.५५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजना सम्पन्न गर्न करिब ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा नबिल, ग्लोबल आइएमई, हिमालय, सनराइज बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit