विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ठुलो खोला हाइड्रो पावर कम्पनीले १५ मेगावाटको ठुलो खोला ‘ए’ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । म्याग्दी जिल्लाको रहुगंगा गाउँपालिका भएर बग्ने ठुलो खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवर्द्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।वि

भागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव  पठाउन सरोकारवाल समक्ष आग्रह गरेको छ ।

राय/सुझाव विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी पठाउन सक्ने विभागले जनाएको छ । यो आयोजना नदी प्रहावमा आधारित ‘रन अफ रिभर’ प्रकारको हो ।  यसको ‘डिजाइन वहाव’ ५.०७ घनमिटर प्रति सेकेण्ड हुन्छ भने कुल हेड ३३७.५० मिटर रहनेछ ।

आयोजनाको मुख्य संरचना ठुलो खोलाको बायाँ किनारमा पर्ने कम्पनीले जनाएको छ । खोलामा बाँध बाधी पानिलाई १२२६.५ मिटर लामो हेडरेस पाइप र ११९६.५ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युतगृहमा पुुर्याइने छ ।

विद्युतगृहमा जडान भएको टर्वाइनमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाको काम २०८० असोज ३० गतेभित्र सम्पन्न गरी उत्पादन सुरु गरिने पनि कम्पनीले जनाएको छ । आयोजनाबाट वार्षिक ८७.२३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

उत्पादीत विद्युत ३३ केभी प्रसारण लाइन मार्फत १६.१४ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit