विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखाको विगू गाउँपालिका वडा नम्बर १ लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको सरसफाइ आगामी असोज १ गते (शनिबार) हुने भएको छ ।

जलाशतमा एक मिटरदेखि डेढ मिटर सतहसम्म बालुवा जम्मा भएको अनुमान गरिएको आयोजनाका प्लान्ट म्यानेजर पूर्णगोपाल रञ्जितले बताए । वर्षातको समयमा माथिल्लो क्षेत्रबाट बाढीले बगाएर ल्याएका ग्राभेल, बालुवा सहित सामग्री जलाशयमा थुप्रिदा पानी कम हुन्छ । २ किलोमिटर लामो जलाशय सफा गरेपछि जलाशयमा पानी बढी हुन्छ । वर्षात् सकिएर हिउँद लाग्ने सिजन भएकाले आयोजनाले असोज लागेसँगै जलाशय सफा गर्ने तालिका बनाएको हो ।

अर्धजलासययुक्त यो आयोजनामा हिउँदका समयमा पनि पानी जम्मा गरेर दैनिक ६ घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिन्छ । अनावश्यक सामग्री सफा गर्दा जलाशयमा पानीको मात्र बढी बढाउन सकिने भएकाले हिउँदमा बढी विद्युत उत्पादन गर्न सकिन्छ । जलाशय सफाइको दिन भने आयोजनाको विद्युत उत्पादन बन्द हुन्छ ।

आयोजनाले वार्षिक कार्यतालिका अनुसार नै आयोजनाको जलाशयको सफा गर्न लागेको हो । आयोजनाको जलाशय सफाइ विहान ४ बजेदेखि राती १२ बजेसम्म हुनेछ । सफाइ अवधीमा शनिबार  तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत¸ गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सिन्धुलीको खुर्कोट सुनकोशी नदिको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह बढ्नेघट्ने चक्र भइरहने हुन्छ ।

सो अवधिभर तामाकोसी नदिमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न नगराउन आयोजनाले अनुरोध गरेको छ । नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न गराउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit