images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । विद्युत नियमन आयाेगले हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडकाे हकप्रद सेयर निष्कासन अनुपात घटाइदिएकाे छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेकाे थियाे । आयाेगले उक्त निर्णयलाइ अस्वीकार गरी १ बराबर १ अनुपातमा मात्र हकप्रद सेयर निष्कासन अनुमति दिएकाे हाे ।

आयोगले दिएको स्वीकृति अनुरुप १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएकाे छ ।  चैत २६ (आइतबार) बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीले जारी पुँजी वृद्धि गरेर ३ अर्ब ५० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ । प्रस्तावित हकप्रद सेयर बिक्रीबाट प्राप्त हुने सबै रकम बैंकहरूको दीर्घकालीन ऋण भुक्तानीका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले रामेछापमा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । यी आयोजनाको करिब ६० करोड रुपैयाँ विद्युत खेर गएपछि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit