images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युत आयोजनाहरूले विस्फोटक पदार्थ एक अर्काको सरसापटी लिन सक्ने भएका छन् । नेपाली सेना र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) बीच आइतबार आवश्यक परेमा ऊर्जा परियोजनाहरूले विस्फोटक पदार्थ एक–अर्को आयोजनाबाट सरसापटी लिन सक्ने सहमति भएको हो ।

आइतबार (चैत २६ गते) पूवार्धार परियोजनाको लागि अत्यावश्यक विस्फोटक पदार्थको व्यवस्थापनबारे छलफल गर्दै यस्तो सहमति गरेका हुन् । यसअघि परियोजनामा विस्फोटक पदार्थ अभाव भएमा अर्को परियोजनाबाट सापटी लिएर चलाउने व्यवस्था थिएन । जसले गर्दा आयोजनाको विस्फोटक पदार्थ नआएसम्म काम ठप्प हुने गरेको थियो ।

यस्तो समस्या समाधानको लागि इपानले लामो समयदेखि नेपाली सेनासँग पहलकदमी गर्दै आएको थियो । यस्तो समस्या आयोजनाहरूलाई परेको भए तत्कालै आफ्नो आयोजना नजिकको नेपाली सेनाको कार्यालयमा विवरण उपलब्ध गराएमा समस्याको हल गरिदिनेबारेमा पनि सेनाले सहमति जनाएको छ ।

छलफलमा विस्फोटक पदार्थको ढुवानी र भण्डारणमा थप सहज बनाउन सेनाले सहजीकरण गर्ने सहमति भएको छ ।  छलफलमा इपानका तर्फबाट सचिव बलराम खतिवडा र कोषाध्यक्ष आनन्द चौधरी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit